अपडेट 
२०७८ बैशाख ११, शनिबार ०७:४७

त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे हुनेछ । कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा छ ।

नेपाल लिग विजेता र नेदरल्याण्ड्स उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको थियो । यही कारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।आज दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रिँदै छन् ।

Comment


Related News

Latest News

Trending News