अपडेट 
२०७८ बैशाख १२, आईतवार ०७:२३

जनकपुर टुडेको स्थापना भएको २३ वर्षपछि आफ्नो सुविधा सम्पन्न भवन बनाउन सफल भएको छ ।

जनकपुरधाम उपमाहानगरपालिका– ८ स्थित वृहत्तर जनकपुर क्षेत्र विकास परिषद कार्यालयको आगडी टुडेको पाँच तल्ले सुविधा सम्पन्नको भवनको निर्माण भएको हो । हनुमान आराधना पश्चात शनिवार उक्त भवनमा गृहप्रवेश गरिएको छ । सम्भवत प्रदेश २ मा पहिलो पटक कुनै सञ्चारगृहले यतिको लगानिमा आफ्नो भवनको निर्माण गर्न सफल भएको हो । गहृप्रवेश शनिवार नै भएपनि कार्यालयको काम केहि दिनमा हुने आफ्नो भवन हुने जनकपुर टुडे मिडिया ग्रुपका प्रधान सम्पादक वृजकुमार यादवले बताए । अपसेट प्रेसबाट आफ् ना यात्रा थालेका जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका पछिल्लो ४ वर्षदेखि रंङगिन ब्रोडसिट पत्रिकाको रुपमा प्रकासित हुदै आएको छ । यता, टुडेको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि टुडेकर्मी हर्षित भएका छन् । जनकपुर टुडे मिडिया ग्रुपका प्रधान सम्पादक यादवले टुडेलाई भौतिक पूर्वधारमा सबल्ल बनाउने सहयोगि हातहरु,पाठक, विज्ञापनदाता तथा शुभेक्छुकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News