अपडेट 
२०७८ बैशाख १२, आईतवार ११:५२

इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ । घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न  निर्देशन दिनुभएको छ ।

https://www.youtube.com/watch?v=qiYMYGuQvM0&t=350s

Comment


Related News

Latest News

Trending News