अपडेट 
२०७८ बैशाख १२, आईतवार १९:४१

वीरगञ्ज, १२ बैशाख । अवैध हातहतियार र लागूऔषध ओसारपार एवम लुटपाट गर्ने एक समुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारतको सक्सौलबाट लागुऔषत हतियारको खरिगरी नेपालमा सप्लाइ गर्दै आइरहेको आधा दर्जना भन्दावढी संलग्न रहेको युवहरुलाई पर्सा प्रहरीले पक्राउ गरी कार्यवाहि अगाडि बढाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी र समुदायी प्रहरी सेवाकेन्द्रका एक युवकको सहयोगमा लुटपाट समेतका घटनामा पक्राउ परेको युवकहरुको संलग्नता रहेको प्रहरीको अनुशन्धानबाट खुलासा भएको जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित प्रत्रकारसम्मेलनमा जनकारी गराइएको थियो ।

पर्सा प्रहरीले बैशाख ८ गते बुधबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ निवासी २५ वर्षीय राजु राना मगरलाई अवैध हतियारसहित पक्राउ गरेपछि घटना बाहिरिएको हो । गिरोहले मगरलाई पनि केहि दिन अगाडी लुटेको रहेछ । घटना बाहिरिए पछि रानाले प्रहरीलाई दिएको नाम अनुसार उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए । पक्राउ पर्नेमा रौतहट जिल्लाको सखुहवा नगरपालिका वडा नम्बर १ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेश प्रसाद यादव, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वडा नम्बर १५ बस्ने २४ वर्षीय नन्दन सिंह र ३१ वर्षीय रोशन सिंह रहेका छन् ।

पर्सा प्रहरीले बैशाख ८ गते बुधबारका दिन भारतको सीमावर्ती शहर रक्सौलबाट वीरगञ्ज आउँदै गरेका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ निवासी २५ वर्षीय राजु राना मगरलाई १ थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने २ थान म्याग्जिनसहित पक्राउ गरेको थियो । भारतको रक्सौल लगेर लागूऔषध र हातहतियार खरिद गराउने र पछि वीरगञ्ज ल्याएर लुट्ने गरेका थिए,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पन्डेले बताउनु भयो । मगरलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले आफू विगत ४÷५ वर्षदेखि रक्सौल पुगेर त्यहाँबाट लागूऔषध ल्याई काठमाडौँको विभिन्न स्थानमा विक्री गर्दै आएको र त्यस पछि उनकै व्यानबाट पुरा संजालको खुलासा भएको पर्साका प्रहरी उपरिक्षक पान्डेले बताउनु भयो ।.

बयान दिने क्रममा उनले आफू लगभग २० दिन पहिला काठमाडौँ बस्ने राम प्रजापतिसँग रक्सौल पुगेर डेढ लाख रुपैयाँमा २ थान स्वचालित पेस्तोल, ४ थान म्याग्जिन र लागूऔषध १÷१ सय एम्पुल डाइजिपाम, नुर्फिन, फिनार्गन र १२ सय ट्याब्लेट निट्राभेट नाइट्रोभेट खरिद गरेको बताए । २० दिन अगाडि खरिद गरिएको हतियार र लागूऔषध लिन उनीहरु बैशाख ८ गते आफ्नो पुराना सहयोगी लालबाबु सिंहसँग रक्सौल पुगे । त्यहाँबाट १ थान स्वचालित पेस्तोल, २ थान म्याग्जिन र लागूऔषध लिई कुँवर सिंहको अटो रिक्सामा बसेर वीरगञ्जको बसपार्कस्थित मनकामना गेष्ट हाउसको कोठा नम्बर १०५ मा बसे । त्यहाँबाट पहिला काठमाडौँ जाने र पछि आएर फेरी अर्को थान पेस्तोल लिने उनिहरुको योजना थियो ।

त्यसपछि लालबाबु सिंहले प्रहरी जवान अवधेश प्रसाद यादवसहित रोशन सिंह र नन्दन सिंहसँग मिलेर मगर र प्रजापति बसिरहेको कोठामा पुगी उनीहरुसँग रहेको लागूऔषध र हतियार लुट्ने योजना बनाए । योजना बमोजिम उनीहरुले त्यही दिन दिउँसो ४ बजेको समयमा मनोकामना गेष्ट हाउसको कोठा नम्बर १०५ मा प्रवेश गरी मगर र प्रजापतिसँग रहेको लागूऔषध, पेस्तोल, म्याग्जिन, मोबाइल सेट र प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा र ७ हजार रुपैयाँ नगद लुटे । उनीहरुले मगर र प्रजापतिलाई लुटीरहँदा श्यामबाबु कुशवाहा र अरविन्द गुप्ता प्रहरीको निगरानी गर्न गेस्ट हाउस बाहिर खटिएका थिए ।

एउटा पेस्तोल, लागूऔषध र अन्य सामाग्री लुटिएपछि प्रजापति भने काठमाडौँ फर्किए र मगर दोस्रो पेस्तोल लिन त्यही दिन फेरी रक्सौल पुगे । दोस्रो पेस्तोल र म्याग्जिन लिएर रक्सौलबाट पैदलै वीरगञ्ज आईरहँदा उनलाई नाकामा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा मगरको साथबाट ‘सनमाइक’ लेखिएको पेस्तोल र म्याग्जिन बरामद गरेको थियो ।

मगर पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा गिरोहको पर्दाफास भएको डिएसपी खनालले बताए । खनालका अनुसार लुटिएको हतियार पक्राउ परेका रोशन सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित आफ्नो घरदेखि पूर्वपट्टि करिब १ सय मिटरको दूरिमा रहेको सूर्योदयनगर चोकको दक्षिणपट्टि रहेको झाडीमा लुकाएको अवस्थामा फेला परेको छ भने पेस्तोलमा लाग्ने म्याग्जिन प्रहरी जवान अवधेश यादव बस्ने वीरगञ्ज महानगरपालिका वडा बन्बर १३ स्थित कोठाभित्रको खाटको बिछ्यौना मुनिबाट बरामद भएको छ ।

त्यसैगरी लुटिएका लागूऔषध प्रहरी जवान यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित सिर्सिया खोलाको छेउमा रहेको नर्कटको झाडीमा लुकाएर राखेको अवस्थामा बरामद भएको छ भने प्रजापतिबाट लुटिएको सुनका मुन्द्राहरु लालबाबु सिंहको दाहिने जुत्ताको तलुवाभित्रबाट बरामद भएको छ ।

पक्राउ परेको गिरोहले पहिला पनि यसरी हातहतियार र लागूऔषध कारोबारीहरुलाई लुटेको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका सबै विरुद्ध लागूऔषध, हातहतियार तथा संगठित अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

Comment


Related News

Latest News

Trending News