![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/04/Tribhuvan_university_Zb78bTN5Jy.jpg)
त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ ।
कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2021/04/178716490_3695933953849583_2861629585011085205_n_nvrUIdoK5L.jpg?resize=773%2C1024&ssl=1)