अपडेट 
२०७८ बैशाख १३, सोमबार १९:५७

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधाम भित्र रहेको ऐतिहासिक सम्पदाहरुलाई बचाएर राख्नु पर्ने बताएका छन् । जनकपुरधाम उप–महानगरपालिका वडा ५ लाई स्मार्ट वाडाको रुपमा विकसित गर्नकालागि सोमवार आयोजित शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मेयर साहले ऐतिहासिक सम्पदाहरुलाई बचाई नयाँ संरचनामा ऐतिहासिकता दर्साउनकालागि उनले आग्रह गरेका थिए ।

विकास निर्माण कार्य निरन्तर चलि रहने भएपनि निर्वाचित भएर आएको दिन देखिनै वडा नं. ५ लाई स्मार्ट वार्ड बनाउने लक्ष्य लिएका मेयर साहले विभिन्न प्राविधिक त्रुटिहरुका कारण विलम्व भएको जानकारी दिएका थिए । शिलान्यस समारोहमा उनले जनकपुरमा प्रवेश गर्ने देशी तथा विदेशी पर्यटकहरुलाई जनकपुरधाममा प्रवेश गरेको अनुभूति दिलाउन सके मात्रै जनकपुरधामको आर्थिक रुपमा सवल बनाउन सकिने बताएका थिए । जनकपुरधाम तथा जानकी मन्दिर आएपछि यस इर्दगिर्घका बासिन्दाहरुमा सम्भयता, संस्कृति, भेषभूता, खानपान लगायतले ‘धाम’ मा आएको अनुभूति दिलाउनकालागि आफ्नो प्रयास जारी रहेको उनले बताएका थिए । उनले भने–‘जानकी मन्दिर आएकाहरु फिर्ता भएपछि उनी जहा गएपनि उनले धाम बाट आएको अनुभूति होस ।’ उनले यस प्रोजेक्टको दुई चोटी टेण्डर भएको जानकारी गराउँदै अन्तिम पटकको टेण्डर सफल भएको बताएका थिए ।

स्मार्ट वार्ड अन्र्तगत विजुली, खानेपानी, इन्टरनेट, ढलनिकास लगायतलाई भूमिगत गरि ऐतिहासिक स्वरुप दिइने योजना रहेको प्रोजेक्टका इन्जिनियर अमर साहले जानकारी दिएका छन् । कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका उप–मेयर रीता झा, पूर्व मेयर बजरंगप्रसाद साह, पूर्व उप–मेयर किसोरी साह, जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News