अपडेट 
२०७८ बैशाख १४, मंगलवार ०७:०२

सप्तरीको   डाक्नेश्वरी   नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ ।

सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना  सङ्क्रमण  पुष्टि  भएको  स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल  यादवले  जानकारी  दिए । सुनसरीको  बीपी  कोइराला  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो । वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण  पुष्टि  भएको  निमित्त  प्रमुख यादवले जानकारी दिए । केही  दिनअघि  परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट  फर्किएको  निमित्त  प्रमुख   यादवले   जानकारी   दिए । सङ्क्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News