अपडेट 
२०७८ बैशाख १४, मंगलवार ०७:१२

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा समेत कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा सोमवार यस प्रदेशमा १६४ संक्रमित भेटिए । जसमध्ये २२ जना धनुषाकै छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा सबभन्दा बढी ८६ जना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर सुरुभएसंगै पुनः वीरगञ्ज ‘हटस्पट’ क्षेत्र बनेको छ । वीरगञ्जका अस्पतालहरु संक्रमितले भरिसकेका छन् । दिनहुँ संक्रमितको संख्या बढ्न थालेका कारण वीरगञ्जबासीमा त्रास फैलिएको छ । सोमवार रौतहट र सप्तरीमा १५÷१५ जना संक्रमित थपिएका छन् । महोत्तरीमा ३, सिरहामा ९, सर्लाहीमा २ र बारामा १० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । आईतवार ११ सय ४२ जना मात्र सक्रिय संक्रमित थिए । तर सोमवार यो संख्या बढेर १३ सय ३ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News