अपडेट 
२०७८ बैशाख १४, मंगलवार १५:०७

कोरोना महामारीको दोस्रो लहरलाई मध्यनजर गर्दै क्लोथ बैंक नेपालले कोरोना विरुद्धको दोस्रो चरणको अभियान सुरु गरेको छ ।

सोमवार क्लोथ बैंकका अध्यक्ष राजीव झाको अध्यक्षतामा बसेको बैठकबाट कोरोना संग लडनका लागि सरकारले थालेको अभियानलाई सहयोग गर्नका लागि दोस्रो चोटी विभिन्न समिति उपसमितिहरु गठन गरेको छ । संस्थाले कोरोनो को पहिलो चरणमा सरकारलाई गरेको सहयोगलाई निरन्तरता दिने भएको छ । दोस्रो चरणमा समेत संस्थाले अधिराज्यभरि नै आफनो अभियान संचालन गर्ने वैंकका अध्यक्ष राजीव झाले जानकारि दिए । अभियान अन्तरगत ८० वटा डाक्टरको टिमलाई पुनः सुरुवात गरिएको छ ,टिमले कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई आफनै घरलाई अस्पताल बनाई आफनो उपचार कसरी गर्ने त्यस्को उपाय र आवश्यक समाग्री उपलव्ध गराउने छ । संस्थाले दोस्रो लहरलाई परास्त गर्नका लागि डक्टरको टिमका साथै आवश्यक परेको अवस्थामा एम्वुलेन्सको टिम,अति आवश्यक परेको खण्डमा अक्सिजन सिलीण्डरको व्यवस्था समेत गरेको छ । कोरोनाको दोस्रो लहर नेपालमा पनि कडा रुपमा फैलिसकेको ले क्लोथ बैंक संग रहेको जति पनि खाली रहेको अक्सिजन सिलिण्डरहरुलाई पुनः फुल गरेर स्टेण्डबाई राखेको छ भने होम आइसोलेसनमा आवश्यक पर्ने कोरोना किटको पनि व्यवस्था गरेको छ ।

त्यसैगरि कोरोना विरामी भएको खण्डमा आवश्यक पर्ने औषधीहरुको व्यवस्था का लागि पनि क्लोथ बैंक नेपालले पहल सुरु गरिसकेको छ । बैंकका अध्यक्ष झाका अनुसार कोरोना संक्रमीत भइसकेको अवस्थामा संस्थालाई जानकारि गराएको अवस्थामा आवश्यक प्रक्रिया पुरा गरि स्वोस्थोपचारका लागि घरमै सम्पुर्ण व्यवस्थाका साथै चिकित्सीय परामर्स समेत दिइने वताए । उनले डा. अजय कुमार मिश्रको अगुवाईमा आर्युवेदिक र अंग्रेजी गरि दुवै चिकित्सको छुटा छुटै समिति गठन गरेको छ । यस भन्दा पहिले पनि क्लोथ बैंंक नेपालले अधिराज्यभरिनै हजारौ जना कोरोना संक्रमीतलाई कोरोनाबाट ठिक गर्न मद्दत पुरयाएका थिए । अतिविपन्न ,गरिव तथा निमुखाहरुलाई निशुल्क कपडा उपलव्ध गराउने अभिप्रायका साथ खोलिएको संस्थाले विभिन्न सेक्टरमा कार्य गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News