अपडेट 
२०७८ बैशाख १५, बुधबार ०७:०३

रौतहट । रौतहट प्रहरीले मंगलवार ठुलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले विभिन्न मिति र समयमा बरामद गरेको २ सय ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डमा चल्ने सवारी साधन चेकजाँचको क्रममा बरामद गरिएको उक्त अवैध घरेलु तयारी मदिरा खाल्डोमा पुरेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । गरुडाप्रहरी र यस कार्यालय मातहत रहेको प्रहरी चौकीका प्रहरी टोलीले विभिन्न मिति र समयमा सवारी साधनबाट संकलन गरेर १६ वटा ग्यालेनमा राखिएको अबैध मदिरा नष्ट गरिएको गरुडा प्रहरीले जनाएको छ । सवारी साधनबाट मदिरा ओसारपसार गर्नेहरुबाट नियन्त्रमा लिई आज साँझ ५ बजेको समयमा ईलाका प्रशासन कार्यालय गरुडा, गरुडा नगरपालिका, कर सेवा कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधी, स्थानिय भद्रभलादमी र संचारकर्मीहरुको रोहवरमा सामाजिक दुरी कायमगरी बरामद मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभएको छ ।

घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विकृति फैलिरहेको भन्दै प्रहरीले कडाइ गरेको छ । घरेलु मदिराको कारण थुप्रै घरेलु हिंसा, अपराध, चोरी डकैती र बलात्कार जस्ता घटना बढ्ने भन्दै अबैध मदिरा निन्त्रणमा कडाई गरेको गरुडाका डिएसपी रावलले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News