अपडेट 
२०७८ बैशाख १५, बुधबार ०७:१४

बर्दिबास । महोत्तरीमा नेकपा माओवादी केन्द्रका जिल्ला र केन्द्रिय तहका नेता कार्यकर्ताहरु दुई समुहमा विभाजित भएर छुट्टाछुट्टै बैठक गर्न थालेका छन् ।

नेकपाबाट माओवादी र एमाले छुटिएपछि महोत्तरीमा माओवादी केन्द्रको विवाद थप चुलिएको हो । पुर्व माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिई पद खोस्ने सम्मको धम्कि दिएपछि पार्टीमा समानान्तर बैठक हुन थालेको छ । माओवादी केन्द्र महोतरीको अध्यक्षमा तुल्सी ढुंगानालाई जिम्मेवारी दिएपछि विवाद थप चर्केको हो । ढुंगानालाई अध्यक्ष बनाएपछि प्रदेश सांसद समेत रहेको प्रदेश २ का नेकपा संसदीय दलका नेता भरत प्रसाद साह निकटका नेता कार्यकर्ताले पार्टीको बैठक बहिस्कार गर्दे आएको छ । मधेसीको बाहुल्य रहेको महोत्तरी कमिटीमा मधेसीलाई अवसरबाट बञ्चित गरेपछि पार्टी भित्र विवाद चुलिएको अनेर ास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव सुर्यनरायण साहले बताए । महोत्तरीमा ८७ प्रतिशत मधेसी र १३ प्रतिशत पहाडी समुदाय छन, साहले भने, ‘माओवादी केन्द्रका पहाडी नेतृत्वले पार्टीलाई बर्दिबासको गौरीडाडाम सीमित गरेको छ । हाम्रो विवाद पुर्व जनमोर्चा र पुर्व माओवादीको होइन । हामी पार्टी भित्र मौलाएको मधेस विरोधी प्रवृतिको विरोध गरेका छौ ।’ माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु दिपबहादुर योञ्जन, राजु खडका र प्रकाश पोखरेलका कारण पार्टी बर्दिबासमा सीमित भएको छ, उनले भने । पार्टी कार्यालय जलेश्वर र नगर कार्यालयहरु स्थानिय तहमा भएपनि महोतरीमा पार्टीका गतिविधि बर्दिबासम सिमित गर्दा पार्टी कमजोर भएको ठहर गर्दे मधेसी नेता कार्यकर्तालाई उचित स्थानको माग गर्दै बैठकहरु बहिस्कार गरिएको साहल बताए । मओवादी केन्द्रका महोतरी अध्यक्ष तुल्सी ढुड्डनाले पार्टी भित्र कुनै विवाद नभएको दावि गरे । वैचारीक रुपले मतभिन्नता भएपनि जिल्लामा कुनै पनि नेता कार्यकर्ताले बैठक बहिस्कार नगरेको उनले दवि गरे । काम विशेषले केहि साथिहरु बैठकमा सहभागि नहुदा बहिस्कार भन्न नमिल्ने उनले बताए ।

रामगोपालपुरमा एक साता अगाडी पार्टीले बोलाएको बैठक नेकपा प्रदेश संसदीय दलका नेता भरत साह, गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, सम्सी गाउपालिकाका मेयर शेष फारुक लगायतकाल बहिस्कार गरेका थिए । जिल्ला इन्चार्ज पटक पटक बर्दिबासले नै पाउनु पर्ने कहा लेखिएको छ, असन्तुष्ट एक जनप्रतिनिधिले भने, पार्टी बर्दिबासको गौरीडाडामा सीमित गर्न मिल्छ ? आधारशिलाबाट पार्टी चलाउन खोज्दा जिल्लाको अवस्था बिग्रेको हो । जनयुद्ध लडेर आएका पुर्व माओवादीलाई अपमान गर्ने गरी नेतृत्व तोकिएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीले हात बाधेर राख्न खोज्दा बाध्य भएर बहिस्कार गर्नु परेको छ । पार्टीका समिति व्यक्ति आर्थिक र राजनीतिक लाभ लिन खोज्दा विवाद चर्केको छ । पार्टीको नाममा हस्तक्षेप गरेर जनप्रतिनिधिलाई काम गर्न रोक्दा नेता कार्यकर्ता दुई धुब्रमा विभाजन भएका छन्, उनले भने । गएको बैशाख ५ गते महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित बैठकमा एक गुट मात्रै सहभागी भए । गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकमा अर्को पक्षको उपस्थिति थिएन । माओवादी केन्द्र भित्र जिल्ला, प्रदेश र केन्द्र समेत पुर्व माओवादी र पुर्व जनमोर्चा बिच असन्तुष्टि छ । प्रदेशमा पुर्वमन्त्रीहरु गिरीराजमणी पोखरेल र मातृका यादवले एक अर्कालाई बिरोध गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News