अपडेट 
२०७८ बैशाख १५, बुधबार ०७:२२

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।  दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो ।

१७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लाेरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो । जितसँगै बैंग्लाेर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

Comment


Related News

Latest News

Trending News