अपडेट 
२०७८ बैशाख १५, बुधबार १२:०८

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो । कांग्रेसका एक नेताले केन्द्रीय सदस्य श्रेष्ठसहित अन्य नेताका पीएसओ, सहयोगी र केन्द्रीय कार्यालयका कर्मचारीमा संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताए । पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो । बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।

Comment


Related News

Latest News

Trending News