अपडेट 
२०७८ बैशाख १६, बिहीबार ०७:४४

जनकपुरधाम । धनुषामा निर्माण भईरहेको ४ वटा हुलाकी सकडको निर्माण अवस्था दयनीय रहेको छ । पटक–पटक म्याद थप गर्दा पनि अहिले सम्म कुनैपनि सडकको काम पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।

\अधिकांश सडक योजनाको तीन पटक म्याद थपिएको छ । तर अहिले सम्म कुनैपनि निर्माण कम्पनीले आफ्ना जिम्मेवारी पुरा गर्न नसकेको हुलाकी राजर्माग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले जनाएको छ । जनकपुरधामको जिरोमाईल देखि विगही व्रिज सम्म ९ किलोमिटरको सडकको निर्माण म्याद तीन पटक थप गरिएको छ । तर अहिले सम्म सो सडकको ८० प्रतिशत पनि काम हुन सकेको छैन । निर्माण कम्पनी प्रतिभा वाइपी जेभीले २२ भदौ २०७६ सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि ४२ करोड ७९ लाख ९१ हजारमा ठेक्का लिएका थिए । तर सो सम्ममा काम सम्पन्न नहुदाँ पुनः ६ महिनाको लागि म्याद गरि २४ मंसिर २०७७ सम्मको म्याद थप गरिएएको थियो । तर कोरोनाको महामारीको कारण ६ महिनाको पुनः म्याद थप गरि अगामी जेष्ठ १५ गते सम्म काम समपन्न गर्नुपर्ने सहमति भएको छ । त्यसैगरि, धनुषा जनकपुरधामको कदमचौक कपटौल तिनकोरिया सडकमा १२ किलोमिटरको ठेक्का लामा रमन जेभीलाई दिइएको छ । २७ करोड ९५ लाख ४२ हजारमा गरिएको ठेक्काको म्याद थप गरि २४ अषाढ २०७६ सम्म दिईएको थियो । तर पनि समयमा काम समपन्न गरेपछि पुनः १० पुस २०७७ सम्म म्याद थप गरिएको छ कोरोना महामारीको कारण पुनः ६ महिनाको म्याद थपिएपनि अहिले सम्म ७० प्रतिशत मात्रै काम गएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका ईन्जिनियर बेचन भण्डारीले बताए । सोही सडक खण्डको दोस्रो प्याकेजमा अन्तर्गत १३ किलोमिटर सकड निर्माणको लागि निर्माण कम्पनि लामा रमण जेभी कम्पनीले ३ फागुन २०७५ सम्म मा निर्माण सम्पन्न गर्ने सर्तमा २०७३ असार ३१ मा सम्झौता गरेका थिए ।

सो सडक खण्डको तीन पटक म्याद थप गरिएको छ । तर अहिले सम्म ५० प्रतिशत काम सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनिले अहिले सम्म २३ करोड ५० लाख ४५ हजार भुक्तानि भने पाईसकेका छन् । त्यसैगरि, सोही सडकको तेस्रो खण्ड अन्तर्गत करिव ५ किलोमिटर लामो सडकको निर्माण कार्य ३ वर्षमा पनि सम्पन्न हुन सकेन । उक्त सडकको निर्माणको लागि तीन पटक म्याद थप गरिएको छ । तर पनि काम पुरा हुन सकेको छैन । यता,सकडमा पर्ने घर टहरा र बिजुलीको पोल समयमा नहटाउदाँ निर्माण कार्यमा ढिलाई हुने गरेको हुलाकी हुलाकी राजमार्गको जनकपुर कार्यालयका प्रवक्ता बेचन भण्डारीले बताए । कतिपय काममा निर्माण कम्पनिले पनि ढिलाई गरिरहेको हुन्छ, उनले भने,‘ तर त्यस्ता कम्पनिलाई पटक–पटक ताकेता तथा कारवाही गर्ने चेतावनी पनि दिएका छौ ।’

Comment


Related News

Latest News

Trending News