अपडेट 
२०७८ बैशाख १६, बिहीबार ०७:५०

जनकपुरधाम । बिग्रेको पार्टको वेल्डिङ गर्दा बुधवार आगो लागेर मोटरसाइकल क्षतिग्रस्त बनेको छ ।

जनकपुरधामको कदम चोकमा रहेको गणेश इन्जिनियरिङ वर्कशपमा वेल्डिङ गर्ने क्रममा आगो लाग्दा मोटरसाइकल जलेर क्षतिग्रस्त बनेको हो । मेकानिकले मर्मत गरिरहेकै बेला आगो लाग्दा ज ४ प ८१९८ नम्वरको मोटरसाइकलमा जलेर क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा लागेको आगो बालुवा र पानी हालेर निभाएका थिए । तर मोटरसाइकलको अधिकांश पार्टपूर्जा जलिसकेको छ । मोटरसाइकल धनीको नाम खुल्न सकेका छैन ।

Comment


Related News

Latest News

Trending News