अपडेट 
२०७८ बैशाख १६, बिहीबार ०८:११

विश्व सहित नेपालमा पनि दोश्रो लहरमा तिव्र गतिमा फैलिदै गइरहेको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले माक्स नलगाउनेमाथी धमाधम कार्यवाही गर्न थालेको छ ।

विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी गरुडा प्रहरीले माक्स नलगाउनेमाथी आक्रमक बनेको छ । इलाका प्रहरी कार्यालय गरुडाले वुधवार मात्र माक्स नलगाई हिडडुल गर्ने ८१ जनालाई कार्यवाही गरेको छ । गरुडा नगरपालिका ४ गरुडा बजारमा माक्स नलगाई हिडडुल गर्ने ८१ जनालाई नियन्त्रणमा लिएर गरुडा प्रहरीले कार्यवाही स्वरुप प्रति व्यक्तिलाई एक, एक सयका दरले जरिवाना गरेको हो । गरुडा प्रहरीले आज साँझ गरुडामा तपाईको माक्स खोई भन्ने अभियान नै सञ्चालन गरेर माक्स नलगाउनेहरुलाई एक एक सय रुपैया जरिवाना तिराएको हो । अनिवार्य माक्स लगाएर हिड्न प्लेकार्ड सहित सचेत गराउदै ८१ जनालाई ८ हजार एक सय रुपैया जरिवाना तिराएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक रवि रावलको विशेष सहभागिता तथा ईलाका प्रशासन कार्यालय गरुडा रौतहटका कार्यालय प्रमुख रामस्वार्थ राय यादव लगाएतको उपस्थितिमा सञ्चालन भएको सो अभियानमा माक्स नलगाई हिडडुल गर्नेलाई कार्यवाही गर्नुका साथै दुई सय थान माक्स पनि वितरण गरिएको हो । कोभिड १९ को संक्रमणबाट नागरिकलाई सुरक्षित बनाउने उदेश्यका साथ तपाईको माक्स खोई भन्ने अभिनयान संचालन गरी माक्स नलगाई सडकमा आवातजावत गर्ने मानिसहरुलाई कार्यवाही गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभएको छ ।

यस अघि यहि बैशाख ८ गतेदेखी १४ गतेसम्म ६ दिनमा माक्स नलगाई हिडडुल गर्ने दुई हजार चार सय चालिस जनालाई नियन्त्रणमा लिई माक्स प्रयोग बारे सम्झाई बुझाई गरिएको, सय जनालाई एक एक सयको दरले कार्यवाही गरी दश हजार जरिवाना गरिएको र सात सय ७५ थान माक्स पनि वितरण गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रावलले बताउनुभयो । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएकोले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा निस्किनु परेमा अनिवार्य रुपमा माक्स लगाउन डिएसपी रावलले सबैलाई अनुरोध गरेका हुन । माक्स नलगाई घर बाहिर हिडडुल गर्नेलाई कडा कार्यवाही गर्ने डिएसपी रावलले चेतावनी दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News