अपडेट 
२०७८ बैशाख १६, बिहीबार १२:१५

विपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख ९ गते सोमबार अस्पताल भर्ना भएका सप्तरीका २४ वर्षीय संक्रमित पुरुषको दिँउसो १२: १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । ती संक्रमित पुरुष सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News