अपडेट 
२०७८ बैशाख १७, शुक्रबार ०६:५०

प्रदेश २ सरकारको ढिलासुस्तीका कारण प्रादेशिक अस्पताल जनकपुरधामले अझै कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकेका छैन । कर्मचारी अभाव र बजेट अभावमा प्राविधिक काम नहुँदा कोभिड अस्पताल सञ्चालनमा आउन नसकेको हो । प्रादेशिक अस्पतालकै मातहलमा रहेको जनकपुर नर्सिङ कलेजमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन आवश्यक कामहरु भइरहेको छ । यसअघि सो नर्सिङ कलेजमा आइसोलेशन सेन्टर सञ्चालन गरिएको थियो ।

बिहिवार नर्सिङ पुग्दा सिसि क्यामेरा जडानको कार्य भइरहेको पाइयो । त्यस बाहेकका व्यवस्थापन अझै मिलाउन सकिएको छैन । बेडहरु लथालिङ अवस्थामा छ । कोभिड अस्पताल निर्माणमा ढिलाइ भएपछि तत्काल १० बेडको एचडियू सञ्चालन गरिएको छ । बिहीवार दिउँसो त्यहाँ कोभिडका शंकास्पद तीन र संक्रमित तीन विरामी भर्ना थिए । एक कर्मचारीका अनुसार शंकास्पद देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि स्वाब प्रयोगशाला पठाइएको छ । संक्रमित दुई जनाको अवस्था सामान्य र एकजना अक्सिजनको सपोर्टमा छन् । प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रमोद यादवले ३८ एचडियू बेड र २५ आइसियू बेड भएको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लागेको बताउँछन् । उनले भने, ‘अहिले तत्काल १० बेडको एचडियू र १२ बेडको आसियू सञ्चालनमा आइसकेको छ । त्यसमा केहि कोभिडका विरामीको समेत उपचार चलिरहेको छ ।’ थप एचडियू र आइसियू बेड सञ्चालनमा ल्याउन टेक्निकल काम बाँकी छ– उनले थपे । कोरोना संक्रमण भएका सामान्य विरामीलाई होम आइसोलेशनमै पठाउने र समस्या भएपछि मात्र सञ्चालनमा आउने कोभिड अस्पतालमा भर्ना लिने मेसु यादवले बताए । उनले भने, ‘शरिरमा ९४ प्रतिशतभन्दा कम अक्सिन छ र साँस फेर्न गाहे भएका विरामीलाई मात्र कोभिड अस्पतालमा भर्ना लिने मापदण्ड तोकिएको छ ।’ प्रादेशिक अस्पतालले सञ्चालनमा ल्याउन लागेको कोभिड अस्पतालमा चार भेन्टिलेटर हुनेछ । मेसु डा. यादवले चार भेन्टिलेटरमध्ये एउटा बिग्रेको र मर्मत कार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार अस्पतालमा अन्य ३ भेन्टिरलेर पनि रहेको छ । अक्सिजन सिलिण्डर खदिर गर्न सम्झौता कोरोना संक्रमितको अवस्था बिग्रिएमा अक्सिजनको आवश्यकता पर्छ । भारतमा अहिले अक्सिजनको हाहाकार मच्चिएको छ । अक्सिजन नपाएर कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ । यहाँ अक्सिनको अभाव हुन नदिने मेसु यादवको दावी छ । अहिले प्रादेशिक अस्पतालसँग १२३ अक्सिजनका सिलिण्डर छ । मेसु यादवका अनुसार यहाँ दैनिक १५ देखि २० सिलिण्डर अक्सिजन खपत हुन्छ । संक्रमित बढेपछि अक्सिजनको अपत बढी हुन्छ । यद्दपी अभाव हुँदैन । अक्सिजनको अभाव हुन नदिन अक्सिजनका थप ५ सय सिलिण्डर खरिद गर्न लागेको उनले बताए । ढल्के ग्यास उद्योगसँग ५ सय सिलिण्डर खरिद गर्ने सम्झौता गरेको मेसु डा. यादवले जानकारी दिए । यद्दपी ग्याँस सिलिण्डर कहिले आउने टुङ्गो लाग्न सकेका छैन । उनले डिमाण्ड गरिसकेकाले चाँडै आउने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News