अपडेट 
२०७८ बैशाख १७, शुक्रबार ०६:५४

नेपाली सेनाका जवान र अधिकारीहरुले आफ्ना पितृको सम्झनामा बृक्षारोपणं गरेका छन् ।

प्रदेश प्रमुख डा.राजेश झाको विशेष सकृयतामा नेपाली सेनाले प्रदेश प्रमुखको कार्यालय परिसरमा बृक्षारोपण गरेका हुन् । पर्यावरणको सन्तुलन कायम गर्न बृक्षारोपण आवश्यक रहेकाले त्यसको संरक्षण गर्न पितृको संस्मरणमा वृक्षारोपण गरिएको प्रदेश प्रमुख झाले बताए । ‘तराई मधेशलाई मरुभुमी हुनबाट जोगाउन सबैले अनिवार्य रुपमा वृक्षारोपण गर्नुपर्छ’ झाले भने, चुरेको असुरक्षा र नदीहरुमा भइरहेको अबैध उत्खननले तराईमा पानीको हाहाकार हुन सक्छ । वृक्षारोपण गरेर मात्र नहुने बताउँदै झाले भने, त्यसको संरक्षणका लागि जिम्मेवार बनाउन प्रियजनको नाउँमा बृक्षारोपण अभियान थालिनेछ ।प्रदेश २ लाई हरित प्रदेश बनाउन बृक्षारोपणमा सरकारले विशेष जोड दिनुपर्ने आवश्यकता औल्याउँदै वन जोगाउन सबैपक्षबाट पहल आवश्यक रहेको बताए । यसैबीच प्रदेश प्रमुख डा.झाले नेपाल पत्रकार महासंघ धनुषा शाखाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेका छन् ।जिल्ला अध्यक्ष मोनिका झाको नेतृत्वमा रहेको महासंघको टीमलाई सफलताको शुभकामनादिदै उनले बधाई ज्ञापन गरे ।प्रदेश प्रमुख झा पत्रकारिता पृष्टभूमिबाट आएका हुन् ।

Comment


Related News

Latest News

Trending News