अपडेट 
२०७८ बैशाख १७, शुक्रबार ०७:०४

नेपाल शान्तिका अग्रदूत अहिंसाका प्रवर्तक महात्मा बुद्धको जन्मथलो हो । लोकतान्त्रिक परिपाटीको वीयु छर्ने महामानव शिरध्वज जनक, आदर्शनारी माता सीताको जन्मभूमि, विश्वको गौरवमय इतिहास बोकेका र सबैको शिर ठाढोपार्ने अटलस्थल सगरमाथाको देश हो । यसका बासिन्दाहरु तराई पहाड हिमाल जहाँका भएपनि सबै नेपाली हुन भन्ने बुझाई छ । तर वर्तमान राजनीतिक परिवेश हामीले हाम्रो राजनीतिक दलले यस्ता बनाइदिएका छन् जो नेपाली नेपालीबीच एकता सामन्जस्यताको काम कम र चीरापार्ने काम अधिक भएको छ र भइनै रहेका छन् । देशका जुनसुकै ठाउँको मानिस भए उनि नेपाली हुन भन्ने गौरव ठान्नुपर्ने र नेपाली मनलाई सलाम गर्नुपर्ने संस्कार संस्कृति हिमवत्खण्ड नेपालका वासीहरुको पुर्खाको संस्कार संस्कृतिलाई राजनीति गर्नेहरुले आप्mनो हितप्रवद्र्धन गर्नकालागि प्रयोग गर्ने थालेकाले देश भन्दामाथि दल र दलभन्दामाथि तिनका नेताहरु भएका छन् । यसप्रथाले देश हाँक्नेहरुबाट स्वयं देशका अधिकांश जनता जो कुनै दल, दलभित्रका गुट,उपगुटमा लागेका छैनन् त्यसताको मन मौलिन्यता वर्तमान लोकतान्त्रिक व्यवस्थामाथि पनि उठन् थालेको छ । यसको दोषी को हो ? यसको जिम्मेवार को र कसले लिने हो यस व्यथितिको जिम्मेवारी ! हालै मिथिलानगरि जनकपुरधाममा नेकपा नेता माधवकुमार नेपाल आएर पत्रकार सम्मेलन मार्फत ओलीको चरित्र चित्रण गरेर सुनाए । उनका वाणी ब्यहोरा सुनाए, साथै उनको पक्षमा पार्टीका ४० प्रतिशत र आफ्नोपक्षमा ६० प्रतिशत नेता कार्यकर्ता रहेको खुलासा समेत गरें । तर यसमा नेपाली जनताको के दोष ? त्यसको जवाफ उनले खुलस्त दिन भ्याएन । जनताले अपार बहुमत दिएर उनको दललाई पाँचवर्ष सरकार चलाएर अनौठौ र उदाहरनीय बन्न अवसर दिएकै हो । तर आफ्नो घरायसी झगडाले देशकै मानमर्दन गर्ने, जनताको अभिमतलाई बैइज्जत गर्ने जनघाती हुन भन्ने स्वीकार्नु पर्ने लाज मान्नुपर्ने साटो कोबिड–१९को समयमा जनताको अनेकौं पीडाप्रति सहानुभूति देखाउन गर्नुपर्ने उसासी जनहितकारी कार्यकालागि अगाडि नबढि आप्mनो दल– गुटलाई नै बलियो पार्ने र फेरी जनतालाई मुर्ख बनाउन खोटो सिक्कालाई चोखो साबित गर्न लागि परेका छन्, भन्ने बुझाई आम नेपालीले पनि बुझि सकेका बोध हुन जरुरी छ । नीति र सिद्धान्तको राजनीतिमा विचारको राजनीतिलाई सर्वोपरि मान्ने यी बाममार्गी नेताहरुलाई तह नलगाई समग्र नेपालको कल्याण किमार्थ छैन् । यीनीहरुले जनताको बहुमतलाई देशहितको भन्दा ब्यक्तिहित परिवारहित आफन्तबाद हितमा लगेका र सोमा सफल नभएपछि दलीय– परिवारिक झगडा भाग–बण्डालाई देशको अस्तित्वसंग गाँसेर अर्को छुद्रतापूर्ण कार्य गर्न लागेकोले भविष्यमा हुने निर्वाचनमा यस्ता पात्रहरुलाई नचल्ने खोटोसिक्का सरनै तह लगाई दिनुपर्छ साइड गरी दिनुपर्छ र देशमा रहेका राम्रा मानिसलाई छान्नु पर्छ चाहे त्यो जुनसुकै दल, गुट उपगुटका होस । मधेशी पहाडी हिमाली जो होस राम्रोलाई राम्रो भन्ने साहस गर्नैपर्छ, धैर्यता राख्नै पर्छ संघीय लोकतान्त्रिक गणतन्त्रलाई त्यसपछि नै संस्थागत विकास हुन्छ । दल गुट नेताप्रति विचारप्रति आस्था राख्नु नराख्नु आप्mनो स्वेच्छाको कुरो हो । तर, देश र देशका मूल कानुन संविधान प्रति आस्था अनिवार्य रुपमा राख्नै पर्छ । त्यसकारण नेता सर्वोपरि होइन देश सर्वोपरी हो ! नेता ठूलो होइन संविधान ठूलो हो । नीति सफा होइन नीयत साफ चाहीं हुनैपर्छ त्यस्ता मानिसले मात्र देश मधेश सबल बनाउन सक्छ भन्ने हेक्का हामिले राख्नुपर्छ । यस सन्दर्भमा शान्तिका अग्रदूत महात्मा बुद्धको गृह त्यागको कथा प्रासांगिक देखिन्छ ।

शाक्यमुनिको गृहत्याग प्रसंग
पछिम नेपालको कपिलबस्तुमा आज भन्दा करिब दुई हजार सातसय जतिवर्ष पहिला सिद्धार्थ गौतम (महात्मा बुद्ध) बीस वर्षको आयुमा शाक्य संघमा प्रवेश गरेंका थिए । शाक्य संघकै नियम–नीति र निर्देशन अनुसार शाक्यगण–राज्य सञ्चालन हुन्थियो । शाक्य गणसंग छिमेकामा अर्को गण ‘कोलीय गण’ थिए । दूबै छिमेकी गण–समूहबीच सुमधुर सम्बन्ध रहंदै आएको थियो तर आपसमा द्वन्दपनि हुने गर्थियो । शाक्य गण एवं कोलीय गणको सीमाबीचबाट ‘रोहिणी’नामको खोला(नदी) बग्दै थियो । खोलाबाट बग्ने प्रकृतिक जलभण्डारणको उपयोग शाक्य गण तथा कोलीय गणका मानिसहरु पालैपालो गरिन्थियो । सो बहावक्षेत्रबाट बग्ने जल–पानीको उपयोग पहिला को गर्ने भन्ने सम्बन्धमा दूबैगण समूहबीच बराबर द्वन्द हुने गर्थियो । त्यो समस्या दिनानुदिन जटिल बन्दै गइरहेको थियो । शाक्य गण तथा कोलीय गणबीच रोहिणी नदीको सो जलधाराको उपयोग सम्बन्धमा एकपटक यस्तो बितण्डा मच्यो जो दूबैगण समूहबीच समान्यद्वन्द युद्धको रुपमा परिणत भयो ! शाक्य संघमा सिद्धार्थ गौतमको प्रवेश भएको आठौं वर्षको समय अवधि पुरेको थियो सोही समयमा रोहिणी खोलाको पानी पहिलाको प्रयोग गर्ने र कति प्रयोग गर्ने भन्ने विषयको बिवाद युद्धमा परिणत भयो । संघका सदस्यका नाताले सिद्धार्थ गौतमकोलागि पनि ठूलै चुनौतीको सामना गर्नुपर्ने समय आइप¥यो । जीविकोपार्जनका निमित्त खेती–किसानी प्रमुख आधार थियो । दूबैगण–समूहका मानिसहरु कृषि उत्पादन गर्ने समयमा आ–आप्mनो खेत– बारीमा सिंचाईकालागि बढी पानी उपयोग गर्थिए । सोही समयमा प्रायःवर्ष दूबैगण समूहबीच बिवाद हुन्थियो । पहिला पानी को प्रयोग गर्ने र कतिसम्म पानी उपयोग गर्ने यो मूल मुद्दा हुन्थियो । शाक्यमुनि सिद्धार्थ गौतमको शाक्य संघमा प्रवेश गरेको आठवर्षको अवधि पुरा भएको समयमा शाक्यगण एवं केलीय गणका सेवकहरुबीच चरमद्वन्द सृजना भयो ! जो युद्धका रुप लियो । दूबै गणबीचको संघर्षात्मक तथा आक्रामक द्वन्दमा निकैक्षति भयो र दूबैपक्षका मानिसहरु समेत हताहत भएका थिए । रोहिणी नदीको पानी उपयोग गर्ने विषयमा भएको सो संघर्षात्मक द्वन्दको समाधान गर्न त्यस बखत छिमेकी अन्य गण–समूहहरुमा समेत जो प्रथा प्रचलन थियो त्यसलाई दृष्टिगत गरी युद्धद्वारा गणहरुलाई जित्ने अथवा पराजित गरी आप्mनो अधिन पार्ने थियो ; सोही युक्ति अपनाउन दूबैगणका सञ्चालनकर्ता– अगुवाहरु अन्तिम निश्कर्षमा पुंगेका थिए । कोलीय गण र शाक्य गण सो द्वन्द– झगडालाई युद्धद्वारा सदाकालागि अन्तगर्न रणनीतिक योजना बनाएका थिए । त्यस कार्यकालागि शाक्य गण–संघका सेनापति आप्mनो पक्षकालागि शाक्य संघको बैठक आह्वान गर्नु भयो । संघको बैठकमा सेनपतिले प्रस्ताव प्रस्तुत गरें र भने–‘‘ कोलीय गणका मानिसहरु रोहिणी खोला– नदीको जलको विषयमा झै–झगडा शूरु गर्दै आक्रमण गर्छन् । यो झै–झगडा र व्यमनस्यतालाई सदाकालागि समाप्त गर्न युद्धद्वारा द्वन्द समाधान गरियोस् ’’! संघको सो बैठकमा शाक्यमुनि सिद्धार्थ गौतमपनि उपस्थित हुनु भएको थियो । धेरैले आ आप्mनो कुरा राखें र अधिकांशले सेनापतिको प्रस्तावमा नै सहमति जनाए थिए । सिद्धार्थ गौतमको बोल्ने पालो आएपछि उनले निर्धक्कतासाथ बैठकमा उभेर भने–‘‘सेनापतिद्वारा प्रस्तुत युद्धद्वारा द्वन्द समाप्त गर्ने प्रस्तावको म बिरोध गर्दछु ! युद्ध कुनैपनि समस्याको समाधान होइन । युद्धबाट हाम्रो उद्देश्य किमार्थ पुरा हुने होइन !! अहिले यो युद्ध आगाडीकोलागि अर्को युद्धको वीयु छर्ने काम गर्छन् । द्वन्द समाधानको यो बाटो ठीक होइन !!! ‘‘जो मानव कसैलाई लुट्ने काम गर्छन त्यसलाई लुट्ने मानिस भेटिनै हाल्छन् । दोषीलाई समाप्त गर्न हामिले दोषीलाई होइन, दोषलाई समाप्त गर्न चाल पाउनु पर्छ र त्यसलाई समाप्त गर्न पहल हुनुपर्छ ! संघले कोलीयगण बिरुद्ध युद्धको घोषणा हतारमा गर्नु हुंदैन् । गल्ती कुनपक्षको हो, त्यसमाथि सावधानी पूर्वक जाँच– खोज गर्नु आवश्यक छ । हाम्रो गणका मानिसपनि आक्रमणकारी हुन सक्छ । यो कुरा सत्य ठहरियो भने हामिपनि चोखो होइन भन्ने बुभ्mनु पर्छ !’’ सिद्धार्थ गौतम आप्mनो तर्क दिंदै भनेका थिए । शाक्यमुनि सिद्धार्थ गौतमका कुरा सुनेपछि सो प्रश्नको उत्तरमा संघका सेनापतिले हो, भन्नु हुंदै–‘‘ हाम्रो मानिसपनि आक्रमण गरेकै हो । तर यो किमार्थ बिर्सनु हुंदैन यसपाली पहिला जल उपयोग गर्ने पालो हाम्रो थियो !’’ जवाफ दिएका थिए । त्यसपछि पुनः शिद्धार्थ गौतमले–‘‘तपाईले नै भने अनुसार हामि दोष मुक्त होइनौं । हामीपनि दोषी छौं ! त्यस कारण हामि आप् mनो पक्षबाट दुई जनाको छनौट गरौं र कोलीय गणलेपनि आप्mनो समूहबाट दुईजनाको छनौट गर्न भनौं र चारैजना मीलेर अर्कौ एकजनाको चयन गर्न दिउँ ; र ती पाँच जनाले गरेको निर्णय हामि दुबै गण–समूह मानेर जाउँ !’’ सिद्धार्थ गौतमको प्रस्तावलाई समर्थन गर्नेहरुपनि भए । तर, शाक्य संघमा सर्वसम्मति हुन सकेन र मत विभाजन हुंदा शाक्यमुनि सिद्धार्थ गौतमको प्रस्ताव बहुमतले अस्वीकृत भयो । सेनापतिको प्रस्ताव स्वीकृत हुन लाग्दा पुनः सिद्धार्थ गौतमले संघ सदस्यहरुसंग निवेदन गर्दै भने–‘‘यो प्रस्ताव स्वीकार नगरौं । शाक्यगण र कोलीय गण मात्र छिमेकी होइनन् । हाम्रा दुबैगणबीच आपसी भाइचारा अपनत्वको सम्बन्ध छ । युद्ध दूबैबीच हुनु–गर्नु बुद्धिमतापूर्ण निर्णय हुंदै होइन । हामि एक– अर्कालाई नष्ट गर्ने प्रस्ताव पारित नगरौं ।’’ सिद्धार्थ गौतमको आग्रहको कुनै असर संघ सदस्यहरुमाथि परेन । सेनापतिको प्रस्ताव बहुमतद्वारा स्वीकृत भयो । अर्कोदिन सेनापतिले पुनः शाक्यसंघको बैठक बसाल्नु भयो । सो बैठकमा पुनः सबै सदस्य उपस्थित थिए । सेनापतिले प्रस्ताव राखें–‘शाक्य संघका सबैसदस्य कोलीय गणलाई समाप्त पार्न युद्धमा सहभागी हुनुपर्छ !’’ सिद्धार्थ गौतमको प्रस्तावमा सहमति जनाउने अल्पमत सदस्यहरुपनि बैठकमा सहभागी थिए । तर, कसैले बहुमतको निर्णय बिरुद्धमा बोल्ने र युद्धको बिरोध गर्ने साहस देखाएन । निर्णयको बिरोध गर्दा के हुन्छ भनेर सबैलाई थाह थियो ! स्वाभाविक हो त्यस कारण सेनापतिको पारित प्रस्तावको निर्णय बिरुद्ध कसैले बोल्ने आंट गरेको थिएन होला । तर सिद्धार्थ गौतमकालागि चुप्प भएर बस्नु सम्भव थिएन, परिणाम जो होस् त्यसको परवाह नगरीकन सत्य, अहिंसा उनको पहिलो प्राथमिक्तामा थियो र जीवन अवधिभरि त्यसको पालन शाक्यमुनि सिद्धार्थ गौतम महात्मा बुद्ध भएपछिसम्मपनि यथावत् सोको पालन गरेर देखाए र संसारलाई जीवन– जगतको नवमार्ग प्रसस्त गरेर चल्न सिखाए । सिद्धार्थ गौतम पुनः संघको सभामा उभेर भने–‘‘ मीत्रहरु तपाई चाहे अनुसार गर्न सक्नु हुन्छ । बहुमत तपाईहरुकै पक्षमा छ । तर, मलाई अत्यन्त खेद छ म युद्ध गर्ने विषयको निर्णयलाई कार्यान्वयन गर्ने गराउने पक्षमा उभिने छैन् । यहाँहरुको सो निर्णयको म आजपनि बिरोध गर्दछु ; म सेनाको साथ दिने छुइन र युद्धमापनि सामेल पनि हुने छैन् !’’ त्यसपछि शाक्य गणका सेनापतिले सिद्धार्थ गौतमलाई संघमा प्रवेशगर्दाका बखत जानकारी गराएका नियम–नीति,प्रतिबन्धआदि बाट भाग्न नहुने र पालन गर्नुपर्ने कुरा स्मरण गराए ।

शाक्य संघको नियम
शाक्यहरुको जो सामूहिक संगठन थियो ‘शाक्य संघ’; त्यसको निश्चित नियम थियो सो नियम सबैले पालन गर्नैपर्ने अनिवार्यता रहन्थियो । त्यसमा पहिलो नियम–‘संघको कुनैपनि बैठकमा अनुपस्थित नहुनु पर्ने ; दोश्रो–शाक्यगणका मानिसहरुमा कसैको आचरणमा कुनै सन्देह, दोष देखा परेमा निसंकोच कसैको डर–भय नमानी, पक्षपात नगरी बैठकमा ब्यक्त गर्नुपर्ने ; तेश्रो नियम र प्रतिबन्ध थियो–‘कुनैप्रकारले कसैले दोषारोपन गरेको खण्डमा नआत्तिनु पर्ने, क्रोधित नहुनु पर्ने, तथा दोषी भए स्वीकार गर्नुपर्ने तथा निर्दोष भए सो कुराको प्रतिकारपनि निर्धक्कतासाथ भन्नु पर्ने गर्नुपर्ने र बताउनु पर्ने’ थियो । संघको सदस्य हुने नहुने प्रावधानपनि थियो, सदस्यता प्राप्त गर्दाको बेला ती कुराहरु बताइन्थियो र बैठकमा तिनपटक सदस्यता दिन बारे प्रस्ताव गरिन्थियो संघ बैठकमा सामेल कसैले प्रतिकार नगरेपछि संघ सदस्य भएको मान्य हुन्थियो । बलात्कार, हत्या जस्ता घृर्णित कार्य गरेको खण्डमा संघको सदस्यता नरहने; चोरी–चकारी, गाली गरेकोमा सदस्यता समाप्त हुने । मिथ्या कुरा गरेर तर्क दलील र भूmठो गवाही दिएमा समेत संघको सदस्यता खारेज हुने प्रावधान थियो । बौद्धधर्मका यही सिद्धान्तपछि गएर पञ्चशीलका सिद्धान्तका रुपमा मान्य भए । नेपालको वर्तमान कपिलवस्तु जिलामा सो समयको कपिलवस्तु सभागार(सभाभवन) मा संघको आयोजित बैठकमा सदस्यता प्रदान गर्दा शाक्यमुनि सिद्धार्थ गौतमलाईपनि संघमा प्रवेश गर्दा उल्लेखित नियम बारे बताइएको थियो ।

Comment


Related News

Latest News

Trending News