अपडेट 
२०७८ बैशाख १७, शुक्रबार १२:५७

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ नमुना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये  १७५ जना पुरुष र ४४ जना महिला छन् । अस्पतालका अनुसार परीक्षणका लागि बिहीबार गरिएको नमुना संकलनमा ६०.७६ प्रतिशतमा स‌क्रमण देखिएको हो । संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ जना, सर्लाहीका ५ जना, महोत्तरी र दाङका १/१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । १० वर्षदेखि ७२ वर्षका संक्रमितको सिटी भ्यालु १४.२ देखि ३५.२ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए ।

Comment


Related News

Latest News

Trending News