अपडेट 
२०७८ बैशाख १८, शनिबार ०७:०६

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा पञ्जाव किंग्सले जित हात पारेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा पञ्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गर्दै जित हात पारेको हो । अहमदाबादमा पहिला ब्याटिंग गरेको पञ्जावले ५ विकेटमा १ सय ७९ रन बनाएको थियो। जवाफमा बेंगलोरले ८ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो। पञ्जावका हरप्रीत ब्रारले विकारट कोहली, ग्लेन म्याक्सवेल र एबी डिभिलियर्सको विकेट लिएपछि बंगलोर संकटमा परेको थियो। पञ्जावका लागि उनले पहिलो खेल खेल्दै ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए। त्यसैगरी पञ्जावका रवि विस्नोइले २ विकेट लिँदा बंगलोर लक्ष्यसम्म पुग्न सकेन। अन्तिममा बंगलोरका लागि कायल जेमिसन र हर्षल पटेलले विस्फोटक ब्याटिंग गरे पनि त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो। पटेलले १३ बलमा ३१ र जेमिसनले ११ बलमा १६ रन बनाए।

यसअघि पञ्जावका कप्तान केएल राहुलले ९१ र क्रिस गेलले विस्फोटक ४६ रन बनाएपछि पञ्जावले बलियो स्कोर बनाएको थियो। जारी आईपीएलमा पञ्जावको यो तेस्रो जित हो भने बेंगलोरको दोस्रो हार हो।

Comment


Related News

Latest News

Trending News