अपडेट 
२०७८ बैशाख १९, आईतवार ११:५२

कोरोना संक्रमित ह्वातै बढेपछि धनुषामा पनि निशेधाज्ञा लगाउने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड-१९ संकट व्यबस्थापन केन्द्रको बैठकले धनुषामा निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको छ । हिजो दिउसो ३ बजेको तथ्यांक अनुसार धनुषामा ४०३ जना कोरोनाका सक्रिय संक्रमित पुगिसकेका छन् ।

सक्रिय संक्रमितको संख्या तीब्र गतिमा बढिरहेकाले निशेधाज्ञा जारी गर्नु परेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News