अपडेट 
२०७८ बैशाख १९, आईतवार १४:०७

वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा १ सय ९२ स्वाब नमुना परीक्षणका क्रममा १ सय ४५ जनामा संक्रमण देखिएको हो । पुष्टि भएका संक्रमितमध्ये ३० जना महिला छन् । पर्साका १ सय ९, बाराका २६, रौतहटका ६, सर्लाहीका ३, महोत्तरीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । १८ वर्षका देखि ६८ वर्षका व्यक्ति संक्रमित छन् । संक्रमितको सिटी भ्यालु १४.५ देखि ३४.८ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News