अपडेट 
२०७८ बैशाख २०, सोमबार ०७:०४

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति सम्पन्न भएको खेलमा दिल्लीले पञ्जाब किङ्समाथि ७ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। पञ्जाबका लागि कप्तान मयंक अग्रवालले अविजित रहँदै सर्वाधिक ९९ रन बनाउँदा डेविड मलानले २६ रन बनाए। त्यस्तै, क्रिश गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन जोडे। दिल्लीका लागि कगिसो रबाडाले ३ तथा अभेस खान र अक्षर पटेलले समान १/१ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले अविजित रहँदै ६९ रन बनाउँदा पृथ्वी शले ३९ रन जोडे। त्यस्तै, स्टिभ स्मिथले २४, शिम्रोन हेटमायरले १६ र रिसब पन्तले १४ रन बनाए। पञ्जाबका राइली मेरेडिथ, क्रिश जोर्डन र हरप्रीत ब्रारले १/१ विकेट लिए।

आठ खेल खेलेको दिल्लीले ६ खेलमा जित निकाल्दै १२ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको पञ्जाब ३ खेलमा मात्रै जित निकाल्दै छैटौँ स्थानमा छ।

Comment


Related News

Latest News

Trending News