अपडेट 
२०७८ बैशाख २०, सोमबार ०८:०१

लहान । सिरहाको गोलबजार नगरपालिका स्तरीय सीसीएमसीले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय भएको छ ।

आईतवार बसेको सीसीएमसीको बैठकले नगरपालिकाका विभिन्न ठाउँमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको हो । अर्को निर्णय नहुन्जेल सम्मका लागि नगरपालिकाभित्रमा कतै पनि हाटबजार लाग्न नदिने निर्णय भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । उनले कोरोना संक्रमण तीब्र गतिले बढिरहेकाले भीडभाड हुन नदिन साप्ताहिक हाटबजार लाग्न नदिने निर्णय गर्नुपर्ने बताए । यस्तै सामाजिक रितीरिवाज तथा परम्परा अनुसार विवाह र ब्रतबन्ध जस्ता कार्य बढीमा २५ जनाको उपस्थितिमै गर्नुपर्ने निर्णय पनि गरिएको छ । साथै विवाह, ब्रतबन्धहरुको भोजभतेर स्वास्थ्य मापदण्ड अपनाएर दिउँसै गर्नुपर्ने निर्णय सीसीएमसीले गरेको हो । यस्तै शहरी क्षेत्रमा पसल तथा अन्य व्यवसाय स्वास्थ्य मापदण्ड अपनाई मात्र सञ्चालन गर्न र कोरोना रोकथाम तथा नियन्त्रण गर्न जनचेतना फैलाउने कार्य गर्ने निर्णय पनि गरिएको छ ।

Comment


Related News

Latest News

Trending News