अपडेट 
२०७८ बैशाख २०, सोमबार १७:४०

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ ।

यस्तै ३७ जनाको मृत्यु भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ । यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४०४१ रहेको छ ।नेपालमा हालसम्म ३३६२ जनाले ज्यान गुमाएका छन् ।

Comment


Related News

Latest News

Trending News