अपडेट 
२०७८ बैशाख २१, मंगलवार ०६:०७

धनुषामा आज बिहान ६ बजेदेखि निशेधाज्ञा लागु भएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा केहि दिन पहिला बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकबाट धनुषामा आजबाट निशेधाज्ञा लाग गरिने निर्णय भएको थियो । तेहि निर्णय अनुसार आज बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लामा सक्रिय संक्रमितको संख्या तीब्र गतिमा बढ्दै गएकोले संक्रमण फैलिन नदिन निशेधाज्ञा जारी गरिएको हो । त्यस्तै, महोत्तरीमा भोली (बुधबार) बाट निशेधाज्ञा लागु हुँदै छ । हाल देशको ४२ वटा भन्दा बढी जिल्लामा निशेधाज्ञा जारी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News