
प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध जनता समाजवादी पार्टीकी मधेस प्रदेश समिति सदस्य ललिता दासले गम्भी आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गराएकी छन् ।
उपाध्यक्ष बैठाविरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा नेतृ दासले अभद्र व्यवहार शिर्षकमा जाहेरी दर्ता गराएकी हुन् । उपाध्यक्ष बैठाले यौन प्रस्ताव राखेको र अस्वीकार गर्दा तथानाम गाली गलौज गरेको नेतृ दासको आरोप छ । उनी उपाध्यक्ष बैठालाई पक्राउ गरी कारबाही गर्न र दण्ड सजाय जरिवाना गरी मुनासिव क्षतिपूर्ति भराउन पनि माग गरेकी छन् । सर्लाहीको विष्णु गाउँपालिका ४ घर भएका ५० वर्षीय बैठाले ०७७ चैत ९गते राति ११ बजे फेसबुकमा म्यासेज पठाएर र कमेन्ट गरेर गाली गर्दा पति वीचको दाम्पतिय जीवन धरापमा परेको पनि उजुरीमा उल्लेख गरेकी छन् । उपाध्यक्ष बैठाले मुलुलकी अपराध फौजदारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफ ११८ बमोजिम अभद्र व्यवहार गरेको दावी नेतृदासको छ । सिरहाको लहान नगरपालिका १ घर भएकी दासले सोही ऐनको २ उपदफा १ नम्वर बमोजिम दण्ड सजाय जरिवाना गरी मुनासिव क्षतिपूर्ति भराउन माग गरेकी छन् ।
