अपडेट 
२०७८ बैशाख २१, मंगलवार ०७:४८

कम्युनिस्ट आन्दोलन आफैमा एउटा अन्तराष्ट्रिय प्रवाह हो । कम्युनिस्टहरु माक्र्सवाद–लेलिनवाद– माओवाद लाइ आफ्नो मार्गनिर्देशक सिद्धान्तको रुपमा ग्रहण गर्ने गर्छन् । कम्युनिस्टहरुको अन्तिम लक्ष्य साम्यवाद नै हो। सन १९१७ मा आक्टुवर समाजवादी क्रान्तिले संसारभरि ठुलो प्रभाव पार्योर । विश्वलभरि कयौं देशमा कम्युनिस्ट पार्टीहरु गठन हुन थाले । कम्युनिस्ट आन्दोलनहरु तिव्र रुपमा उठन थाले । विश्ववभर कम्युनिस्ट पार्टी गठन गर्ने र संगठित हुने लहर नै चले। सन् १९९० मा रुसमा कम्युनिस्ट सत्तासँगै सोभियत संघ पतन भयो । त्यस पश्चामत कम्युनिस्ट आन्दोलन संकटमा पर्न थाले ।प्रायजसो कम्युनिस्ट पार्टीहरु रक्षात्मक अवस्थामा पुगे । सोभियत संघको विघटनसँगै कम्युनिस्ट आन्दोलनहरु क्षत विक्षत भयो ।सत्तामा पुगेपछि कम्युनिस्टहरु निरंकुश अधिनायकवादीमा परिणत हुने गरेको विश्वदभरि देखियो। विश्वमभरका सबैजसो कम्युनिस्ट पार्टीहरुले सत्ताको दुरुपयोग गरेको पाइएको छ। कम्युनिस्ट पार्टीहरु अन्तरसंघर्ष व्यवस्थापन गर्न नसकेकै कारण विभाजन हुनेसम्म पुग्छ ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनन गोविन्द वैद्य , नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ पाँच जना संस्थापक रहेको नेपाल कम्युनिस्ट पार्टी २००६ साल वैशाख १० मा स्थापना भयो । नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए। स्थापना देखिनै नेकपामा शुरुवात भएको विवादले २०१९ सालमा पहिलो औपचारीक विभाजनको रुप लियो । पञ्चौयत विरुद्धको आन्दोलनमा दर्जनौ टुक्रामा विभाजित रहेको कम्युनिस्ट पार्टीहरुसँग सहकार्य नगर्ने चेतावनी जनआन्दोलन २०४६ का सर्वोच्चा कमाण्डोर गणेशमान सिंहले दिए।दर्जनौ टुक्रामा रहेका कम्युनिस्टहरुले गणेशमान सिंहको आग्रह अनुसार ४६ सालको जन आन्दोलनअघि संयुक्त वाम मिर्चा बनाए। पञ्चायतबिरुद्ध लडन संयुक्त वाम मोर्चाले काँग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्यो । आन्दोलन सफल भयो र नेपाली कम्युनिस्टहरुले एकताको महसुस गर्यो। मदन भण्डारीले नेतृत्व गरेको माले र मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादीबीच २०४७ साल चैत्रमा ऐतिहासिक पार्टी एकता सफल भई नेकपा (एमाले) को गठन भयो ।पछि नेकपा (अमात्य) पनि नेकपा (एमाले) मा एकिकृत भयो । त्यसै गरि नेकपा (माओवादी), नेकपा (चौम), नेकपा (मसाल), नेकपा (वर्मा), नेकपा (मानन्धर) र नेपाल मज्दुर किसान लगायतका पार्टीबाट थुप्रै नेता र कार्यकर्ताहरु नेकपा (एमाले) मा प्रबेश गरेका थिए । नेकप (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशन ( २०४९ माघ १४–२०) ले पार्टीको कार्यक्रम र क्रान्तिको सिद्धानत (मार्गदर्शक सिद्धान्त) को रुपमा जनताको बहुदलीय जनबाद लाइ पारित गर्योा ।

जबजको प्रतिपादक जननेता मदन भण्डारी हुन। जबज माक्र्सवादका विश्वबव्या पी सच्चाइहरुलाई नेपाल परिस्थितिमा लागु गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो । यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो। नेकपा (एमाले) ले २०४८ सालमा तत्कालिन प्रतिनिधिसभाका एक तिहाइ सिटमा बिजय प्राप्त। गर्योा । जननेता मदन भण्डारीप्रति लक्षित गरि न्युजविकले लेखेको थियो नेपाल, जहाँ कार्ल माक्र्स जिवित छ । नेकपा (एमाले) २०५१ सालमा भएको मध्यावधी चुनावमा ठूलो पार्टी बनेको थियो। यद्यपी बहुमत प्राप्तर गर्न सकेको थिएन्। नेपालको इतिहासमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी भयो। ९ महिने अल्पमतको एमालेको मनमोहन नेतृत्वको त्यो सरकारले ल्याएको कार्यक्रम अहिले पनि लोकप्रिय छ र चर्चा पनि हुने गरेको छ। सानो समयमै सरकार अत्याधिक लोकप्रिया भयो। सरकारले सुरु गरेको आफ्नो गाउँ आफै बनाउ र बृद्ध भत्ता दिने कार्याक्रमको ब्याज एमालेका नेताहरु अहिलेसम्म खाइ रहेका छन्। त्यस पश्चानत अहिलेसम्म वर्तमान सरकार समेत गरि ४ वटा सरकारको नेतृत्व एमालेले गरेको छ ,तर जनतालाई कम्युनिस्ट नेतृत्वको सरकारको अनुभुति गराउने कार्य कुनै सरकारले गर्न सकेन। बिर्सिनै नसकिने गरि लोकप्रिय पनि हुन सकेन्। माओवादी केन्द्रले समेत नेतृत्व गरेको सरकारको समेत गन्ना गर्ने हो भने अहिले सम्म ८ वटा सरकारको नेतृत्व कम्युनिस्टहरुले गरेका छन्। नेकपा (एमाले) नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनको महत्वपुर्ण शक्ति र मूल प्रवाहको रुपमा स्थापित पार्टी हो। २०४६ साल र ६२÷६३ को जन आन्दोलनमा अग्रमोर्चामा रहेर पार्टीले महत्वपुर्ण भुमिका खेलेको थियो। ।

२०५४ सालमा एमाले विभाजन भयो। पछि २०५८ सालमा एकता भयो। तर, सि. पि. मैनाली लगायतका केही नेताहरु एमालेमा फर्किन स्विकारेनन्। नेकपा (माले) पुनर्गठन गरेका थिए ।२०७५ साल जेष्ठे ३ गते सबभन्दा ठूलो दल नेकपा (एमाले) र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) बिच एकता भएर नेकपा (नेकपा) को गठन भयो। नेकपा दक्षिण एशियाको सबभन्दा ठुलो र एशियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टीको रुपमा स्थापित भएको थियो। सुरु देखि नै विवादमा परेको एकता विभाजनको बिन्दुसम्म पुग्न तीन बर्ष पनि लागेन । पछि सम्मानित सर्वोच्चो अदालतको २०७७ साल फल्गुण २३ गतेको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः ब्युँतियो। प्रायजसो कम्युनिस्टहरु ब्यक्तिगत इगो, पद र अवसरको लागि फुटने र जुटने गर्छन। ओलीले बहुमत प्राप्तक गर्न चुनावी गठबन्धन गरे। सरकारलाइ बलियो बनाउन पार्टी एकिकरण गरे। ओलीले थाहै नपाइ माधव, प्रचण्ड र खनाल पार्टीमा नजिकिए। आफुहरु कमजोर हुन थालेको महसुस गरेकाले यिनीहरुलाई एक हुन सहज पनि भयो। ओली पार्टी र सरकार दुवैमा हाबी हुदै गएका थिए।एकलौटी रुपमा ओली अगाडी अगाडी बढदै गए। प्रचण्डको साथ लिएर नेपाल र खनाल लाइ भित्तामै पुर्या उन पनि नखोजेका होइनन्। प्रचण्डलाइ पनि पार्टीको कार्यकारी अध्यक्ष चाहिएको थियो। यिनै कारणले नेकपामा विवाद बढदै गयो। विवाद बढदै जाँदा नेकपामा ओलीइतरको समुह बलियो भयो र ओलीले पार्टीको विवाद मिलाउनु भन्दा संसद विघटन गर्ने कदम उठायो। त्यसपछि बाँकी के थियो र को भन्दा को कम को खेल शुरु भयो । एमालेमा ९ औ महाधिवेशनदेखि नै विवाद शुरु भैसकेको थियो।

सामुहिक नेतृत्वल र आन्तरिक लोकतन्त्रको अभ्यास गर्न थालेकोले एमालेमा ब्यक्तिगत इगो बढदै गएको थियो। महाधिवेशनमा ओली र नेपाल समुहमा बाँडीएको एमाले महाधिवेशन पश्चाित पनि एक हुन सकेन। ओलीले जितको घमण्ड त्यागना सकेन भने नेपालले ब्यहोरेको हार बिर्सिन सकेन। त्यस पश्चातत कुन कमिटी कसको पक्षको रहेको हिसाब किताब सुरु भयो। दुवै समुहले आ– आफ्ना दावी पेश गर्न थाले। पार्टी एकिकरण पश्चा त नया कोणबाट विवाद शुरु भयो। विवादले उग्र रुप लिएको बेला एकता भंग भयो। अहिले नेकपाको सोही विवाद एमालेमा सरेको छ। पुरानो पार्टी ब्युँतिएपछि अहिलेसम्म ओली र नेपालबिच पार्टीलाइ कसरी लाने, अब अगाडी कसरी बढने विषयमा गम्भिर संवाद भएको छैन्। ओली माओवादीबाट आएका नव एमालेहरुको व्यवस्थापन गर्न र सरकार जोगाउन जसपालाइ फकाउनमै वयस्त छन। नेपाल–खनाल ओलीलाइ देखाइ दिनकै लागि समानान्त र पार्टी चलाउने, भेला गर्ने र फ्लोर क्रस गराएर भएपनि सरकार गिराउन व्यस्त छन। संवाद गर्न कसैलाइ फुर्सद छैन । एउटा कारवाही हुने बुझेरै फ्लोर क्रस गर्न गराउन सम्म तयार रहेका छन, भने अर्को समुह पनि कारवाही गरेरै भएपनि तह लगाउने तयारीमा नै छन। दुवैले पार्टी एकताको सुगा रटान भने छोडेका छैनन। नेपाल–खनालले आफुहरु पार्टी एकताकै लागि अन्तरसंघर्षमा रहेको बताइ रहेका छन। पार्टी एक होस र एमाले एक ढिक्काा हुना चाल्नु पर्ने कदम उचाल्न दुवैमध्ये कुनै पक्ष तयार छैन्। यात्रा पुरा गर्न शुरु गर्नै पर्छ। यात्रा शुरु नगरि गन्तव्यमा पुगिदैन। यहा पनि कसैले सहि कदम उठाएन भने एमालेमा चलिरहेको अन्तरसंघर्ष विभाजनसम्म नपुग्ला भन्नद नसकिने अधार छैन। बरु कतिले एमाले फुटी सकेको औपचारीक घोषणा हुन मात्र बाँकी रहेको भन्न थालेका छन । एमालेसँग बलियो संगठन छ जुन व्यवस्थित छ र ठुलो कार्यकर्तापंक्ति छ ।

यस्तो पार्टी संकटमा पर्दा समेत नेता कार्यकर्ताहरुले नेतृत्वलाइ एक हुन दबाव दिन नसक्नु भनेको एमालेमा अहिले सम्म आन्तरिक लोकतन्त्रको नाटक मात्र मञ्चृन भइ रहेको भन्दा फरक नपर्ला । एमाले पनि सामुहिक नेतृत्वबाट नभएर केहि नेताको भरमा चलि रहेको पार्टी रहेको प्रष्ट हुन्छ। जहाँ सिद्धान्त, पद्दति, विधान र आन्तरिक लोकतन्त्रको न त कुनै मूल्य नै छ , न त कुनै मान्यता नै छ। एमालेभित्र चलिरहेको अन्तरसंघर्षबाट निम्तिन सक्ने विभाजनबाट जोगाउन एमालेको बिधानले पनि सक्छ। एमालेको विधान अनुसार कुनै पनि कार्यकारी कमिटीमा निर्वाचित हुन ७० बर्षको हद लाग्छ । यस्तोमा ७० बर्ष पुगि सकेका (झलनाथ र वामदेव) र पुग्न लागेका (माधव र ओली) नेताहरुले सकृय राजनीतिबाट निसकृय हुनु पर्ने दबाव नेता कार्यकर्ताले दिने ।यो दबावले काम गरेमा ब्यक्तिगत इगो केही हदसम्म समाप्त हुन्छ र अन्तरसंघर्ष पनि रोकिन्छ। पार्टीको २०७५ साल जेष्ठ २ गतेका कमिटीहरु जस्ताको त्यसतै ब्युताउने र संकटमा ओलीलाई साथ दिएका माओवादी केन्द्रका नेताहरुको उचित व्यवस्थापन गर्ने अनि विधान अनुसार महाधिवेशनमा जाने । कार्यकर्ता कहिले पनि फुटको पक्षमा थिएन र अहिले पनि छैन । फुटेर जानेहरुले नेताकार्यकर्ताको भरपुर साथ पाउने छैनन्। यसमा शंका नै छैन। एमाले नेता कार्यकर्ताले पार्टी जोगाउन ओलीलाई कावाही होइन संवाद गर्न र खनाल–नेपाललाई अन्तरसंघर्ष होइन अन्तरसंवाद गर्न दबाव दिन सक्नु पर्छ ।नेता कार्यकर्ताको हस्तक्षेप आवश्याक छ ।

Comment


Related News

Latest News

Trending News