![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/05/Public-bus-in-Kathmandu-Transportation-in-Nepal-1300x866-1.jpg)
काठमाडौं उपत्यकाबाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो । सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाएमात्र उपत्यका बाहिर जान सहजीकरण गर्ने निर्णय गरेको उपत्यकाका प्रशासन कार्यालयका एक अधिकारीले बताए । ‘उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने’ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयमा भनिएको छ । कोरोना भाइरस महामारी रोकथामका लागि उपत्यकाका तीन जिल्लामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।