२०७८ बैशाख २२, बुधबार ०७:२२
विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ७ सय १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार ७ सय १८ जनाको मृत्यु भएको हो ।
हालसम्म विश्वभर १५ करोड ४९ लाख ६६ हजार १९२ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड २४ लाख २० हजार ३१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ४० हजार ५८५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ४१७ जनाको ज्यान गएको छ । ५९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ५१ हजार ००५ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, २ लाख ८७ हजार ७९० भन्दा बढी निको भइसकेका छन् ।


