२०७८ बैशाख २२, बुधबार १२:१९
सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।
मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९० हजार तीन सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदीको प्रतितोल मूल्यमा पनि पाँच रुपैयाँले घटेकाे छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएकाे महासंघकाे भनाइ छ ।


