वीरगञ्जमा उपचारत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीरगंज स्थित नारायणी अस्पतालमा उपचारत वाराका ५२ बर्षिय पुरुषको कोरोना संक्रमण्को कारण बुधबार दिउँसो १ः५० बजे उपचारको क्रममा मृत्यु भएको छ ।
वारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी पुरुषको बैशाख २१ गते उपचारका लागि नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको र आज उपचारकै क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो । उच्च निमोनियाको कारण स्वास प्रस्वासमा अवरोध भएपछि उनको निधन भएको डा. दासले बताउनुभयो । यस अघि बुधबार विहान नारायणी अस्पतालमा उपचारत ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी ६५ बर्षिया महिलालाई स्वास्थ्यमा समस्या भएपछि गत बैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।
महिलाको बैशाख १७ गते पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा गम्भीर किसिमको निमोनिया देखिएको र निमोनियाका कारण दुवै फोक्सोमा समस्या भएपछि श्वासप्रश्वासमा अबरोध हुदा उनको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिडका संयोजक समेत रहेका दासले जानकारी दिनुभयो । यसैगरी मगंलबार नारायणी अस्पतालमा उपचारत ४० बर्षिय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित भई बैशाख १६ गते अस्पताल भर्ना भएका उनको उपचारको क्रममा गएराति मृत्यु भएको हो । मृतक पुरुषको पनि उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
मंगलबार राती नै वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत बीरगंज महानगरपालिका वाडा नम्बर १६ निवासी ७६ बर्षिय बृद्धको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय कुमार श्रीवास्तवले उपचारको क्रममा बृद्धको राती साढे ९ बजे मृत्यु भएको जानकारी दिनुभयो । थप ४ जनाको मृत्यु भएसँगै बीरगंजमा बैशाख यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । मृत्यु भएकामध्ये वीरगञ्जको नारायणी अस्पतालमा ३० जनाको, नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जना उपचाररत संक्रमितको मृत्यु भएको प्रबक्ता श्रीबास्तबले जानकारी दिनुभयो । मृतक मध्ये २८ जना पर्साका ७ जना बाराका २ जना सर्लाहीका १ जना रौतहटका र १ जना भारतीय नागरिक रहेको श्रीवास्तवले बताउनुभयो ।
यसैविच बीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ८८ जनाको पिसीआर परिक्षण गरिएकोमा १ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएकोे नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा १३३ जना पुरुष र ५७ जना महिला रहेका छन् । संक्रमित मध्ये १३३ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ४१ जना, रौतहटका ५ जना, नेपालगन्ज, सप्तरी, महोत्तरी, धनुषाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो । संक्रमितको उमेर समुह ५ बर्ष देखी ७० बर्ष सम्म रहेको र संक्रमितको सिटीभ्यालु १६ देखी ३५ दशमलब ५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।


