२०७८ बैशाख २३, बिहीबार ०७:१६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत प्राप्त गर्न नदिन सत्ता बाहिरका चार दलबीच सहमति भएकोछ ।

जनता समाजवादी पार्टी( जसपा)का अध्यक्ष उपेन्द्र यादवको निवासमा बुधवार भएको बैठकमा ओली बिरुद्ध मोर्चा बन्दीगरि बैकल्पिक सरकार बनाउन सहमति भएको उच्च स्रोतले जनाएका छन् । बैठकमा जसपा अध्यक्ष यादव, नेकपा एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेसका सभापति शेरबहादुर देउवाको सहभागिता थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा माओवादी केन्द्रको टिकटमा एमालेका खिमलाल भट्टराइलाई र लुम्बिनी प्रदेशमा काँग्रेस प्रवेश गरेका एमाले नेता दुगनारायण पाण्डेलाई उम्मेदवार बनाउने चार दलबीच सहमति भएकोछ । संसदमा विश्वासको मत लिन प्रधानमन्त्रीलाई अब सहज छैन् ।जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो लगायत केहि सांसदहरुले ओलीलाई विश्वासको मत दिने संभावना अझै विद्यमान छ ।तर त्यो मतले ओलीको ्रधानमन्त्री पद जोगाउन सक्दैन् । प्रधानमन्त्री ओलीले न्युन्तम १ सय ३६ मत प्राप्त गर्नु पर्छ ।एमालेको संसदमा १ सय २१ जना छन् ।तर त्यस मध्ये माधव कुमार नेपाल–झलनाथ खनाल समुहको २१ जनाले राजिनामा दिने भएका छन् ।उनीहरुले राजिनामा दिने वितिकै एमालेको सदस्य संख्या १ सयमा झर्नेछ । ओली बिरुद्धको दलहरुले प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्ने तयारी समेत गरेका छन् ।यादव निवासमा बसेको बैठकमा प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार बनाउने सम्मको रुपरेखा तयार भएकोछ ।

ओलीले विश्वासका मत प्राप्त गर्न नसक्ने निश्चित भएपछि जसपाका ठाकुर–महतो समुहले समेत ओली बिरुद्ध पार्टी निर्णय बमोजिम मतदान गर्ने भएकोछ ।उच्च स्रोतका अनुसार मंगलवार बसेको पूर्व राजपा नेताहरुको बैठकमा ओलीलाई साथ दिने आत्मघाती निर्णय हुने बताउँदै नेताहरुले ठाकुर र महतोलाई सम्झाउने प्रयास गरेका थिए । ‘ओलीको विश्वास मतको पक्षमा जसपा जाने संभावना छैन्’ स्रोतले भने, ठाकुर र महतोपनि सकारात्मक हुन थालेका छन् ।उनीहरु ओली पक्षमा लागेपनि अधिकांश सांसदहरु विश्वासको विपक्षमा मतदान गर्ने स्रोतले जनाए । विश्वासको मत प्राप्त गर्ने संभावना समाप्त जस्तै भएपनि पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग आग्रह गरे ।तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । कांग्रेसको तर्फबाट देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड् का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

‘विश्वासको मतमा उहाँले सहयोगको अपेक्षा गर्नुभयो हामीले स्वाभाविक रुपमा विपक्षी पार्टी हौं र हामीले तपाईलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं’ बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, कांग्रेस नेताहरुले कोरोना महामारीमा बेड, अक्सिजन नपाएर जनता पीडामा रहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

Comment


Related News

Latest News

Trending News