२०७८ बैशाख २३, बिहीबार ०७:२२

लहान । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाको आफ्नो निर्वाचन क्षेत्र ४ (ख)मा अस्पताल र पक्की सडकको शिलान्यास गरेका छन् ।

चिकना–नरहा सडक खण्डमा परचिलवा रमना बङठियाको बीचमा राज्यमन्त्री मण्डलले बुधवार अस्पताल भवनको शिलान्यास गरे । प्रदेश सरकारको लगानीमा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न अस्पताल बन्ने उनले बताएका छन् । हरेक प्रदेश निर्वाचन क्षेत्रमा एउटा सुबिधा सम्पन्न बर्थिङ सेन्टरसहितको अस्पताल निर्माण गर्ने प्रदेश सरकारका क्रमागत योजना अन्तर्गतको लक्ष्य रहेको छ । सोही अन्तर्गत यहाँ अस्पताल निर्माण सुरु भएको छ । यस्तै कल्याणपुर बजारदेखि रादुमावि– शहिद रंगशाला इटारी–प्रसाही हुदै चतरी– बनिनियाँसम्म कालोपत्रे पक्की सडकको शिलान्यास पनि गरिएको छ । बुधवारै पूजापाठ गरी उक्त सडकको शिलान्यास राज्यमन्त्री मण्डलले गरेका हुन् । कल्याणपुर नगरपालिका भित्रको यो पहिलो कालोपत्रे पक्की सडक हुनेछ । यो भन्दा पहिले राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रको धेरै स्थानमा आरसिसि पक्की सडक निर्माण गरेका छन् । उक्त सडक तोकिएको मापदण्ड अनुसार समयमै निर्माण हुने राज्यमन्त्री मण्डलले विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News