२०७८ बैशाख २३, बिहीबार ०७:२५

जिल्ला प्रहरी कार्यालय धनुषामा रहेका थप तीन थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि एक थुनुवा संक्रमित भएका थिए । प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले बुधवार तीन थुनुवाको पिसिआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । उनले भने, ‘४÷५ दिन अगाडी पनि एक थुनुवा संक्रमित भएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय यदुकोहाको अलगै कोठामा राखिएको छ ।’ अदालतको कारागार चलानको आदेश दिएको र कारागार पठाउन पिसिआर परीक्षण गराउदा ती थुनुवाको रिपोर्ट पोजेटिभ आएको थियो । बुधवार संक्रमित भएका तीन थुनुवालाई जिल्ला प्रहरी कार्यालयकै अलग कोठामा आइसोलेशन बनाएर राखेको डिएसपी मिश्रले जानकारी दिए । उनका अनुसार संक्रमितलाई आवश्यकता बमोजिम सबै सेवा प्रदान गरिनेछ । थुनुवाहरु संक्रमित भएपछि प्रहरीहरु त्रसित बनेका छन् ।

Comment


Related News

Latest News

Trending News