अपडेट 
२०७८ बैशाख २३, बिहीबार ०७:५४

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला अक्सिजन नपाएर नेपाल तथा छिमेकी मुलुक भारतमा दैनिक सयौको मृत्यु भईरहेको छ । अक्सिजन उत्पादनमा विभिन्न देश तथा अस्पतालहरुले जोड दिईरहेका छन् । तर प्रदेश सरकारले अक्सिजन प्लान्टको लागि प्रादेशिक अस्पताल जनकपुरलाई करोडौ रकम पठाएपनि त्यसको काम भने अगाडी बढ्न सकेको छैन् । आर्थिक २०७७/०७८ मा प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई दुई करोड ५० लाख रुपैयाँ पठाएका छन् । तर अस्पतालले अक्सिजन प्लान्टको निर्माणको लागि अहिले सम्म टेण्डर प्रक्रियापनि पुरा गर्न सकेको छैन ।

हुनत गत फागुनमै अक्सिजन प्लान्ट निर्माणको लागि टेण्डर आह्वान गरिएको थियो । विभिन्न ५ वटा कम्पनीले टेण्डर भरेका पनि थिए । तर माग अनुसारको कुनैपनि कम्पनीबाट प्रस्तावना नआएको भन्दै उक्त टेण्डर रद्द गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादवले कम्पनीहरुले भरेको प्रस्तावनामा प्राविधिक त्रुटि रहेकोले रिटेण्डर गरेको बताए । ‘१० दिन अघि पुनः टेण्डर गरेका छौ, मेसु यादवले भने,‘ प्राविधिक रुपमा भएको त्रुटिलाई नसच्चयाउने भएकोले त्यसलाई पुनः रिटेण्डर गरेका छौ, अव त्यो काम अगाडी बढाउछौ ।’ अक्सिजनको अवश्कयता देखेर नै आफुहरु त्यो काममा जोड दिएको छु,मेसु यादवले भने,‘तर भनेर हुदैन, सरकारी कामहरुले प्रक्रिया अनुसार नै अगाडी बढ्ने हो ।’ यतिको दिन भईसक्दा पनि अहिले सम्म अतिआवश्यक रहेको अक्सिजन प्लान्ट कार्यले गति नलिएको भन्दै बजेट नै फ्रिज हुने अवस्थामा पुगेको सोही अस्पतालमा कार्यरत चिकित्सकहरुको भनाई छ । कमिशनको लेनदेन सम्बन्धि विवाद नमिल्दा पहिलो टेण्डर रद्द भएको अस्पतालकै एक कर्मचारीले बताए । प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष संजय सिंहले अक्सिजन प्लान्ट आवश्यता रहेपनि अस्पताल तथा सरकारको लापवाहीको कारण उक्त काम अगाडी बढ्न नसेको बताए ।‘कोरोना महामारीको वेला अक्सिजनको व्यापक अभाव छ, समयमै काम सुरु भएको भएर केहि महिना भित्र अक्सिजन पाउने आश पनि गरिन्थो,अस्पताल र यहाँका विरामीको लागि हितकर हुन्थ्यो । तर अहिले सम्मको अवस्था देखेर बजेट फ्रिज त हुने होईन भने चिन्ता थपिएको छ,’ उनले भने ।

गत आर्थिक वर्षमा पनि प्रदेश सरकारले मुटु (सम्बन्धि शल्यक्रिया) कैथलिकल्याब सञ्चालनका लागि प्रादेश सरकारले ९ करोड रकम विनियोजन गरेको थियो । तर समयमै उक्त वजेटको कार्यान्वयन नहुदाँ रकम प्रिज भएको थियो ।

Comment


Related News

Latest News

Trending News