२०७८ बैशाख २३, बिहीबार ०७:५९

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।

अत्यावश्यक बाहेकका सेवा प्रवाह वैशाख २९ गतेसम्मका लागि स्थगित गरिएको सूचना प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जारी गरेका छन् । वैशाख २२ मा एन्टिजेन परीक्षण गर्दा संक्रमित कर्मचारी र थप २ कर्मचारी संक्रमित बनेको सूचनामा उल्लेख छ । यस्तै दाहसंस्कार, पितृकार्य, विवाह, ब्रतबन्ध, औषधि उपचार आदि कार्यका लागि पास लिनुपर्ने सूचना पनि जारी गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि देशको विभन्न ठाउँमा लकडाउन र निषेधाज्ञा जारी गर्नुपरेकाले पास लिएर मात्र सो कार्यहरु गर्न भनेको हो । पासका लागि आउने र जाने दुवै तर्फको स्थानीय तहको सिफारिस, जाने व्यक्तिको नाम र संख्यासहितको व्यहोरा खुलेको निवेदन र सपोर्टिङ डकुमेन्ट (जस्तै विरामीलाई रेफर गरेको पत्र, ब्लु बुक, सवारी चालक अनुमति पत्र आदि) इमेलमा पठाउन भनिएको छ । विरामीका हकमा भने स्थानीय तहको सिफारिस अनिवार्य भनेको छैन । आवश्यक डकुमेन्ट इमेलमा पठाएपछि पास उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जारी गरेको सूचनामा उल्लेख छ । पासका लागि डकुमेन्ट पठाउन [email protected] इमेल आइडी सार्वजनिक गरेको हो ।

Comment


Related News

Latest News

Trending News