अपडेट 
२०७८ बैशाख २३, बिहीबार १२:५९

वीरगञ्जको नारायणी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज– ४ विर्ताका ७० वर्षीय र रौतहटको गौर नगरपालिका-२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३४ पुगेको छ । मृतक मध्ये २३ जना पर्साका, बाराका ६, रौतहटका ३ र सर्लाहीका २ जना छन् । बैशाख १९ गते भर्ना भएका वीरगञ्जका संक्रमित बुधबार राति ११:३५ बजे र बैशाख २१ गते भर्ना भएका गौरका संक्रमितको बिहीबार बिहान ५: ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल आएकै दिन दुवै विरामीको एन्टीजीन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर दुवैको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । रौतहटका संक्रमितमा कुनै दिर्घ रोग थिएन । वीरगञ्जका संक्रमितमा भने पहिल्यैदेखि क्रोनिक अब्सट्रक्टीभ पल्मोनरी डिजीज पनि रहेको अस्पतालले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News