संघीय संसदका चार जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सांसदहरुको हिजो लिइएको स्वाबको परीक्षणमा चार जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् । बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । सभामुख अग्नीप्रसाद सापकोट भने रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जानकारी दिएको छ ।