२०७८ बैशाख २३, बिहीबार १७:२१

आज (बिहीबार) राति १२ बजेटबाट नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् ।

सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि भन्दै रातिबाट भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ कुल ५१ वटा उडान-अवतरणको तालिका तय भएको थियो । यो कोरोना महामारीपछिको सामान्य दिनको तुलनामा करिब दोब्बर हो । आज नेपालबाट २६ उडान हुने र २५ वटा अवतरणको तालिका रहेको छ । भारतसँग भने एयर बबल सम्झौताअनुसार दुबै मुलुकका राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीले सातामा एक-एक उडान गर्नेछन् । यसरी आएका यात्रु १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । त्यसका लागि सरकारले होटेल समेत तय गरिसकेको छ ।

Comment


Related News

Latest News

Trending News