अपडेट 
२०७८ बैशाख २४, शुक्रबार ०७:३७

प्रदेश २ मा पछिल्लो २४ घण्टामा बिहीवार १४७ महिलासहित ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या २१ हजार ६७९ पुगेको हो । बिहीवार पनि पर्सामा भन्दा धनुषामा बढी मानिस संक्रमित भएका छन् । पर्सामा १११ जनामा संक्रमण पुष्टि भएको छ भने धनुषामा ११७ जना संक्रमित भएका छन् । धनुषामा संक्रमित भएकामध्ये अधिकांश जनकपुरधामकै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सिरहामा ५०, सप्तरीमा ४३, रौतहटमा ५, सर्लाहीमा १०, बारामा ३१ र अन्य जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ४०९ पुगेको छ । यस प्रदेशको कुल संक्रमितमध्ये १७ हजार २६ जना निको भएका छन् । जसमध्ये २ हजार ९७२ जना महिला रहेकी छन् । हालसम्म कोरोनाबाट यस प्रदेशमा २४४ जनाको ज्यान गएको छ । सप्तरीमा ४७, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा २१, सर्लाहीमा १५, रौतहटमा ११, बारामा २६, पर्सामा ६९ जना र एक भारतीय नागरिकको पनि मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News