अपडेट 
२०७८ बैशाख २४, शुक्रबार १४:२५

सिरहामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका ५ निवासी ४५ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जनकपुरस्थित एक प्राइभेट अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ । केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ  भने संक्रमितहरुको संख्या २ सय ६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News