अपडेट 
२०७८ बैशाख २५, शनिबार ०७:२३

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा अवधिको पसल तथा गोदामको घरभाडा र कर मिनाहा गर्न सरकारसँग जनकपुरधाम उद्योग बाणिज्य संघले अपिल गरेको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज कुमार साहले संयुक्त रुपमा विज्ञप्ती निकालेर पसल र गोदामको भाडा मिनाहा गराइदिन तीनै तहका सरकारसँग अपिल गरेका हुन् । साथै निषेधाज्ञा अवधिभरको बैंक र वित्तिय संस्थाको व्याज पनि मिनाहा गराउन विज्ञप्तीमार्फत अनुरोध गरेका छन् । कोरोना संक्रमण रोक्न सरकारले एक मात्र विकल्प निषेधाज्ञा जारी गर्ने बाहेकका बैकल्पिक उपायतर्फ नसोचेको र संक्रमितहरुको उपचारतर्फ पनि गम्भिर नभएको संघले निष्कर्ष निकालेको छ । विज्ञप्तीमा भनिएको छ, ‘निषेधाज्ञाको सिधा मार हामी उद्योगी व्यवसायीहरुलाई परेको तर्फ सरोकार राख्ने तीनै तहको सरकार पूर्ण उदासिन रहेको छ ।’ उद्योगी व्यवसायीलाई गतिहिन बनाइएमा अर्थतन्त्र धारासायी हुनेतर्फ सचेत गराउँदै संघले भनेको छ, ‘निषेधाज्ञालाई निर्विकल्प उपाय नबनाइयोस् ।’ फरक समय निर्धारण गरी अत्यावश्यक प्रकृतिको पसलहरु थोरै समयका लागि खोल्न दिन संघले सरकारसँग माग गरेको छ । यस्तै प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी थप्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारले निर्माण गर्ने भनि टेण्डर प्रकाशन गरेको मनिपालमा निर्माण गर्ने कोरोना अस्पताल तत्कालै सञ्चालनमा ल्याउन पनि संघले माग गरेको छ ।

आवश्यकता अनुसार प्रदेश सरकारले स्वास्थ्य संकटकाल घोषणा गरी निजी अस्पतालको केहि भागलाई कोरोना उपचारका लागि अधिग्रहण गरी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई संघको सुझाव छ ।

Comment


Related News

Latest News

Trending News