अपडेट 
२०७८ बैशाख २५, शनिबार १७:३७

नेपालमा शनिबार थप ८ हजार चार सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १७ हजार ३१५ पिसिआर परिक्षणका क्रममा ८ हजार दुई सय ८७ र ९८९ वटा एन्टीजेन परिक्षणका क्रममा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप ५३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा तीन हजार ६ सय ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।त्यस्तै थप तीन हजार तीन सय ७० संक्रमित निको भएका भएका छन् । हालसम्म नेपालमा दुई लाख ९८ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् । हाल ८३ हजार ४९३ सक्रिय संक्रमित आइशोलेशनमा र ३९८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख १५ हजार ७२० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News