२०७८ बैशाख २६, आईतवार ०७:३८

अरुले नै गरेको अपराधको सजाय भोगेर थुनामुक्त भएका सर्लाहीका एक निर्दोष व्यक्ति अहिले न्यायका लागि प्रहरी प्रशासन र न्यायालयको चक्कर काटिरहेका छन् । लालबन्दी नगरपालिका २ घर भएका नेपाली सेनाका अवकाश प्राप्त सुवेदार मेजर थिर बहादुर खडका विगत ६ महिनादेखि असली दोषी उपर कार्यवाही हुनुपर्ने भन्दै प्रहरी प्रशासन र न्यायालयको चक्कर काट्न बाध्य भएका हुन् । ०७७ कात्तिक १० गते राती ८ः३० बजे नवलपर– मलंगवा सडक खण्डमा नवलपुर चौकभन्दा करिब ७ सय मिटर दक्षिण निलो रंगको एउटा नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर फरार भए । ठक्करबाट मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका २ बस्ने वर्ष १८ को अंकुष पासवानको मृत्यु भयो । घटना पश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोली दुर्घटना गराउने निलो रंगको ट् याक्टरको खोजतलास गर्दै जाँदा प्रहरीले दुर्घटनामा संलग्न नै नभएको खडकाको रातो रंगको ट् याक्टर नियन्त्रणमा लियो ।

मृतक पासवानको घरपरिवार समेतले मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको रंग निलो भएको र नम्बर नखुलेको बयान दिएको भएपनि उक्त ट्याक्टरका चालक फरार भएकाले दुर्घटनामा संलग्न नै नभएको रातो रंगको ट्याक्टरको साहु खडकालाई प्रहरीले नियन्त्रणमा लिए । उनको ट्याक्टरले दुर्घटना नगराएको भएपनि उनलाई माघ १५ गतेदेखि फाल्गुन ७ गतेसम्म सिन्धुली कारागारमा बस्नु पर्यो । फाल्गुन ७ गते डेढ लाख रुपैया धरौटी बुझाएर जेलमुक्त भएका खड्का फरार ट्याक्टर चालकको खोजी गरि सजाय दिन र अहिले पनि निर्दोष हुँदाहुँदै कारागारमा बसेर कैदी जीवन बिताइरहेका आफ्ना निर्दोष चालक लालबन्दी २ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको ट्याक्टर तथा ट्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छाड्न माग गरेका छन् । आफ्नो ट्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणहरु समेत प्रहरीलाई बुझाइसकेको उनको दावी छ । तर हालसम्म यस विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको उनी गुनासो गर्छन् । यो मुद्दा आफ् नो निकायबाट अदालतमा गइसकेकाले अदालतमै जान भन्दै प्रहरी अधिकारी समेत पन्छिरहेको पीडित ट्याक्टर साहु खड्काको दुःखेसो छ ।

Comment


Related News

Latest News

Trending News