२०७८ बैशाख २६, आईतवार १३:११

प्रदेश-२ मा १९ जना प्रहरी र  ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा १/१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये पर्साका एक जना आक्सिजनको सपोर्टमा उपचार गराइरहेको र बाँकीको अवस्था सामान्य छ । उनीहरु सम्बन्धित कार्यालयकै आइसोलेसनमा उपचार गराइरहेका छन् । यस्तै, प्रदेशमा ५६ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी पर्सा प्रहरीको नियन्त्रणमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका १० जना, धनुषाका ५ जना तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १÷१ जना थुनुवामा संक्रमण देखिएको छ । सप्तरी र सिरहाका थुनुवामा हालसम्म संक्रमण देखापरेको छैन् ।

संक्रमित थुनुवाहरुलाई पनि सम्बन्धित प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News