अपडेट 
२०७८ बैशाख २७, सोमबार ०७:३५

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत संचालित प्रादेशिक कोभिड अस्पतालमा भर्ना भएको तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

केहि दिनदेखि उपचार भईरहेका उनीहरुको स्वाश्प्रश्वासमा समस्या बढेपछि एक महिला र २ पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएर उपचार गराइरहेका जनकपुरधाम बेलाकी ४२ वर्षीया महिला, जनकपुरकै ६५ वर्षीय पुरुष र वीरगंजका ४५ वर्षीय पुरुषको उपाचारको क्रममा शनिबार राती मृत्यु भएको प्रादेशिक कोभिड अस्पताल जनकपुरका प्रवक्ता मनिष पाण्डेयले जानकारी दिए । मृत्यु भएका महिलालाई शुरुदेखि नै भेन्टिलेटर आवश्यक भएपनि २ दिनपछि मात्रै भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेर बिग्रिएका कारण भेन्टिलेटरमा राख्न ढिलाई भएको अस्पताल प्रशासनले जनाएको छ । त्यसैगरि, अर्का जनकपुरका पुरुषलाई भेन्टिलेरमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको थियो । वीरगंजका पुरुष अस्पतालमा अक्सिजन लगाएर उपचार हुने क्रममा मृत्यु भएको डा.पाण्डेयले बताए । कोभिड अस्पतालमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । पाइपलाईनबाट अक्सिजनदिन सक्ने गरी कोभिड अस्पतालले ४१ बेड तयारी गरेको पाण्डेयले बताए । यता, प्रादेशिक कोभिड अस्पतालका ईन्चार्ज डा. जामुन सिंहले पुरानो भेन्टिलेटरहरु खराबभएका कारण उपचारको लागिनयाँ भेन्टिलेटर जडान गरिएको बताए । ढिलो गरि कोभिड अस्पताल निर्माण गरेकोले अहिले सम्म पुर्णं रुपमा व्यवस्थित हुन नसकेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News