अपडेट 
२०७८ बैशाख २७, सोमबार १६:५८

रौतहटमा पाँच दिनको अन्तरालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिका-३ का ५० वर्षीय पुरुषको मृत्यु भएको पाँच दिनपछि उनकी ५६ वर्षीया भाउजुको कोरोना संक्रमणबाट मृत्यु भएको हो । थप उपचारका लागि अस्पताल लैजाने क्रममा महिलाको सोमबार बाटोमै मृत्यु भएको हो । उनी गौरस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत थिइन् । मृतक महिलाको श्रीमानमा पनि संक्रमण देखिएको छ । उनको गौर अस्पतालमा उपचार भइरहेको छ ।

यसै गरी सोमबार दिउँसो गौर-५ का एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ । अस्थायी कोभिड अस्पताल गौरमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । सोमबार बिहान मात्रै सोही अस्पतालमा बलरा-३ की ५६ वर्षिया महिलाको पनि मृत्यु भएको थियो । सोमबार एकैदिन तीन संक्रमितको मृत्यु भएसँगै विगत १४ दिनमा रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Comment


Related News

Latest News

Trending News